आइतवार, माघ ९ २०७८
माघ १०, काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय रजिस्ट्रार कार्यालयले बिश्वब्यापी रुपमा कोभिड संक्रमण लाई ध्यान दिदै दैनिक कार्यलाइ चुस्त बनाउदै आफ्ना सबै कलेज र अध्ययन संस्थानलाई पठनपाठन र सम्पुर्ण परिक्षाहरु अनलाइन मार्फत संचालन गर्ने कार्यविधि तयारी गर्न निर्देशन दिएको छ।
बिश्वबिद्धालय रजिस्ट्रार कार्यलयले एक सूचना जारी गर्दै संभावित जोखिम नियन्त्रणका लागि बिशेष सचेतना अपनाइ पुर्वतयारी एबं सतर्कता अबलम्न गर्दै कार्यसंचालन गर्न निर्देशन दिएको हो।
कार्यलयले दैनिककार्यका सम्बन्धमा बिश्वबिद्धालय अन्तर्गत सम्पुर्ण निकाय/ कार्यलयहरुमा साबुनपानी र सेनेटाइजरको ब्यबस्था गरि सुरक्षाको मापदण्ड अपनाइ कुनै पनि कार्य नरोकिने गरि सुरक्षित रुपमा काम गर्न निर्देशन दिएको छ। अनलाइन माध्यम द्वारा काम कार्बाही गर्ने सम्भव भएका काम हरु भएमा निकायका प्रमुम/ महाशाखा प्रमुखले त्यस्ता कर्मचारीलाई घरबाटै काम गराउन समेत निर्देशन दिएको छ।
कुनैपनि कर्मचारी संक्रमित देखिएमा सात दिन बिदा दिने र अस्पताल भर्ना गर्नुपर्ने भएमा अस्पताल बसेको अबधी सम्म बिदा दिन समेत निर्णय गरेको छ।
त्यसैगरी कार्यलयले अनलाइन ककशालाइ ब्यबस्थित रुपमा संचालन गर्न क्याम्पसहरुले साहायक क्याम्पस प्रमुखको संयोजकत्वमा बढिमा ७ सदस्यीय अनलाइन कक्षा ब्यबस्थापन समिती गठन गरि १० माघ भित्र अनलाइ कक्षाको रुटिङ बनाइ सम्बन्धित डिन कार्यलयमा पठाउने र माघ ११ देखि अनलाइन कक्षा संचालन गर्नुपर्ने बताएको छ।
भौतिक उपस्थितीमा हुनुपर्ने प्रयोगात्मक कक्षा, अभ्यास, शिक्षण, इन्टर्नसिप आदिका सम्बन्धमा जनस्वास्थ्य मापदण्ड अपनाइ भौतिक उपस्थिमै संचालन गर्न समेत निर्देशन दिएको छ।


