बुधवार, माघ १९ २०७८
माघ,१९/काठमाडौ : त्रिभुवन बिश्वबिद्धालय इन्जिनियरिङ अध्यायन संस्थानद्वारा बि.इ./बि.आर्क तह भर्नाको लागि संचालन गरिने इन्ट्रान्स फारम खुला गरेको छ।
त्रिवि इन्जिनियरिङ अध्यायन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेज/ क्याम्पसमा शैक्षिकसत्र २०७८/७९ का लागि स्नातक (बि.इ./बि.आर्क.) तहका विभिन्न कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षाको आवेदन आह्वान गरेको हो।
बिश्वबिद्धालयले विद्यार्थी भर्नाकालागी सुचना प्रबिधिको आधारम कम्प्युटर विधि मार्फत संचालन गरिने प्रवेश परिक्षा मिति २०७८ फागुन ८ देखि इन्जिनियरिङ अध्यायन संस्थान सुचना तथा संचार प्रबिधिकेन्द्र (ICTC) पुलचोकमा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरि तोकिएको समय र सिफ्ट अनुरुप संचालन गरिने बताएको छ।
इन्जिनियरिङ अध्यायन संस्थान अन्तर्गत संचालित आंगिक र सम्बन्धन प्राप्त कलेज हरु निम्न रहेका छन
१: पुलचोक इन्जिनियरिङ क्याम्पस,
२: थापाथली क्याम्पस थापथली
३: पुर्वाञ्चल क्याम्पस धरान
४: चितवन इन्जिनियरीङ क्याम्पस रामपुर
५: पश्चिमाञ्चल क्याम्पस पोखरा
१: कान्तिपुर इन्जिनियरिङ क्याम्पस काठमाडौ
२: काठमाडौ इन्जिनियरिङ क्याम्पस काठमाडौ
३: हिमालयन इन्जिनियरिङ क्याम्पस ललितपुर
४: एडभान्स कलेज अफ इन्जिनियरिङ एन्ड मेनेजमेन्ट ललितपुर
५: नेशनल कलेज अफ इन्जिनियरिङ ललितपुर
६: काठमाडौ इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ललितपुर
७: जनकपुर इन्जिनियरिङ कलेज भक्तपुर
८: ख्वाप्कलेज अफ इन्जिनियरिङ भक्तपुर
९: सगरमाथा इन्जिनियरिङ कलेज ललितपुर
१०: ललितपुर इन्जिनियरिङ क्याम्पस ललितपुर रहेका छन्
विद्यार्थीहरुले आवेदन फारमकालागि इन्जिनियरिङ अध्यान संथानको वेबसाईट https://entrance.ioe.edu.np मा राखिएको प्रवेश परिक्षाको आवेदन फारम अनलाइन बाटै Submit गर्न सक्ने जनाएको छ।
