बुधवार, फाल्गुण ४ २०७८
४ फागुन, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत विभिन्न सामुदायिक क्याम्पसहरुले BICT र B.Ed. बिज्ञान बिषय अध्यायनका लागि स्वीकृति पाएका छन।
बिश्वबिद्धालय बार्षिक प्रणालीमा संचालन भैरहेका स्नातक तह (B.Ed) मा बिज्ञान शिक्षा बिषय र स्नातक तह (BICTE) कार्यक्रम संचालन गर्न निवेदन दिएकोमा त्रिवि कार्यकारी परिषदको २०७८ माघ १७ को बैठकबाट ५ सामुदायिक क्याम्पसले B.Ed. Science र १५ सामुदायिक क्याम्पसले BICT कार्यक्रम संचालन गर्न स्वीकृति पाएका हुन्।
बिश्वबिद्धालयले यि कार्यक्रम संचालनकालागि स्वीकृति पाएका सामुदायिक क्याम्पसहरुलाइ आवश्यक प्रक्रिया पुरागर्न शिक्षाशात्र संकाय डिन कार्यलयमा यथाशीघ्र संम्पर्ग गर्न समेत सुचीत गरेको छ।

