आइतवार, बैशाख २५ २०७९
बैशाख, २५- काठमाडौ । त्रिभुवन बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय अन्तर्गत स्नातक तह दोश्रो बर्षको नतिजा प्रकाशित गरेको छ। बिश्वबिद्धालय परिक्षा नियन्त्रण कार्यलयले २०७८ बैशाख र श्रावण महिनामा संचालन गरेको परिक्षाको नतिजा प्रकाशित गरेको हो।
केन्द्रीय परिक्षा संचालक समितीको निर्णय अनुसार बिश्वबिद्धालयले शिक्षाशास्त्र संकाय चार बर्षे स्नातक दोश्रो बर्ष (B.Ed. 2nd year) २०७७ को नतिजा प्रकाशित गरेको जनाएको छ।
बिश्वबिद्धालयले प्रकाशित गरेको परिक्षाको नतिजा बिश्वबिद्धालयको वेबसाईट www.tuexam.edu.np मा हेर्न सकिने जनाएको छ। त्यसैगरी नेपाल टेलिकमको 1602 डायल गरि प्राप्त निर्देशन अनुसार साथै मोबाइलमा B.ED. (space) Roll No. टाइप गरि ३३६२४ मा Send गरेर लब्धाङ्क प्राप्त गर्न सकिने जनाइएको छ।
हेर्नुस सूचना ।
