Jul 27 2026 | २०८३, श्रावण ११ गते

केयु उपकुलपति डाक्टर भोला थापा नियुक्त ! प्राध्यापक संघ द्वारा बिरोध !

केयु उपकुलपति डाक्टर भोला थापा नियुक्त ! प्राध्यापक संघ द्वारा बिरोध !

  • 841
    SHARES

  • केयु उपकुलपति डाक्टर भोला थापा नियुक्त ! प्राध्यापक संघ द्वारा बिरोध !

    काठमाडौं बिश्वबिद्यालय को उपकुलपति मा डाक्टर भोला थापा नियुक्त भएका छन् | उपकुलपति छनोट गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ अध्यक्ष रहेको गठित  सर्च कमिटी ले  दुई वर्षे कार्यकाल पूरा गरिसकेका रामकण्ठ माकाजु सहित  ३ जना , भोला थापा र बालचन्द्र लुइँटेल  को नाम सिफारिस गरेको थियो | अघि थापा काठमाडौं बिश्वबिद्यालय का रजिस्टार थिए |

    यस अघि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा.डा. विवेक बराल र महासचिव डा. विकास अधिकारीले संयुक्त विज्ञप्ति निकालदै  उपकुलपति सिफारिस अपारदर्शी भएको र  उनीहरुले सिफारिसको मापदण्डबारे सार्वजनिक रुपमा प्रष्ट पार्न मागसमेत गरेका थिए।

    विज्ञप्तिमा लेखिएको छ, ‘सार्वजनिक रुपमा आवेदन माग भएपछि ४० भन्दा बढी उम्मेदवारहरुले आवेदन दिएको र तीमध्ये सिफारिस गरिएका नामहरु के कति कारणले कुन मापदण्डअनुसार सिफारिस गरिए भन्ने सार्वजनिक चासोको विषय भएकाले सार्वजनिक रुपमै प्रष्ट पारिदिन सिफारिस समिति समक्ष जोडदार माग गर्दछौं ।’

    प्राध्यापकहरुले दुई वर्षे कार्यकाल पूरा गरिसकेका व्यक्तिलाई पुनः नियुक्तिका लागि सिफारिस गरिएकोमा विरोध जनाउँदै सिफारिस समितिसँग साँठगाँठको आशंकासमेत गरेका थिए ।

    KU-Professors-Statement.jpg

     

    images
    बुधवार, माघ ७ २०७७०२:०९:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार