शुक्रवार, आषाढ ३१ २०७९
असार, ३१काठमाडौं । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयले लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि उपकुलपति पदमा आवेदन माग गरेको छ । लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयले विश्वविद्यालय उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको हो ।
सुचना अनुसार लुम्बिनी प्राविधिक विश्वविद्यालयको विधान २०७९ को परिच्छेद ३ को दफा ७ को उपदफा (१) को खण्ड (ग) र दफा २३ मा भएको व्यवस्था बमोजिम प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि प्रदेश सरकार समक्ष उम्मेदवारको नाम सिफारिस गर्ने प्रायोजनका लागि आवेदन माग गरेको छ ।
सुचना अनुसार कम्तिमा १५ बर्ष बिश्वबिद्धालय तहमा प्राध्यापन तथा अनुसन्धान कार्य गरि प्राध्यापक उपाधी हाँसिल गरेको हुनुपर्ने जनाएको छ।
इच्छुक नेपाली नागरीकले सूचना जारी भएको ७ दिनभित्र लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन पेश गर्नुपर्ने छ । 