Jul 27 2026 | २०८३, श्रावण ११ गते

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण।

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण।

  • 535
    SHARES

  • मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण।

    साउन, १८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यलयले एक बिज्ञाप्ति जारी गर्दै बिधेयक प्रमाणिकरण गरिएको जानकारी दिएको हो।

    यसअघि सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि सो विधेयक राष्ट्रपति कार्यालय समक्ष पेश गरिएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधार २ बमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको बताउनु भयो।

    विधेयक प्रमाणीकरणसँगै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो । #गोरखापत्र 

    Screenshot_20220803-140006_Facebook.jpg

    images
    बुधवार, श्रावण १८ २०७९०२:०८:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार