Oct 02 2026 | २०८३, आश्विन १६ गते

मनकारी ब्यवसायी जसले जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरे !

मनकारी ब्यवसायी जसले जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरे !

  • 512
    SHARES

  • मनकारी ब्यवसायी जसले जन्मदिनमा शैक्षिक सामाग्री वितरण गरे !


    इनरुवा,  सुनसरी सदरमुकाम इनरुवा २ निवासी धर्मराज कपी उद्योगका संचालक एवं फूलवारी क्रिकेट क्लबका संस्थापक शिवकुमार यादवले आफ्नो जन्मदिनको अवसरमा एक सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

    गरिब तथा विपन्न वर्गका बालकालिकाहरु शैक्षिक सामग्रीको अभावमा कक्षा छाड्ने क्रम बढेको गुनासोको आधारमा जन्मदिन पारेर यादवले कापी, कलम, इरेजरसहितको शैक्षिक सामग्री प्याकेज वितरण गर्नुभएको हो ।

     उद्शियोग संचालक तथा समाजसेवी शिव यादवले आफ्नो जन्मदिन तथा पिता इनरुवा वडा नम्बर २ वडा अध्यक्ष श्रवण (सुरेन्द्र) यादवको वैवाहिक वर्षगाँठका अवसरमा इनरुवा जुनियर जेसिजको संयोजकत्वमा सोमबार इनरुवा ४ मा रहेको रेडक्रस आधारभूत विद्यालय र ज्ञानोदय आधारभुत विद्यालयका १११ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो |

     

    images
    मंगलवार, माघ २० २०७७०७:३३:०२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार