Jul 27 2026 | २०८३, श्रावण ११ गते

महानगरले गर्यो रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् सम्बन्धी अभिमुखीकरण

महानगरले गर्यो रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् सम्बन्धी अभिमुखीकरण

  • 497
    SHARES

  • महानगरले गर्यो रोवोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन टेक्नोलोजी र कोडिङ् सम्बन्धी अभिमुखीकरण

    साउन, २७ काठमाडौँ । काठमाडौ महानगरपालिकाले आफ्नो आफ्नो मातहतका सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ्को विषयमा अभिमुखीकरण थालेको छ। शुक्रबार काठमाडौको भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण सम्पन्न गरेको हो।

    FB_IMG_1691807542519.jpg

    त्यसैगरी पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइयो ।  विद्यालयहरुमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । त्यसैले यसप्रकारको अभिमुखीकरण परीक्षापछिको समयमा प्रदान गरिएको हो । 

    ‘आज विज्ञान र प्रविधिमा आधारित जीवन शैली सञ्चालन भइरहेको छ । यसका विषयमा विद्यालय उमेरमा सिकाउन सकिएन भने विद्यार्थीहरु एक पुस्ता पछाडि पर्छन् । यसकारण पुस्तकमा भएको साध्य (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गर्न पाउने वातावरण तयार गरेका हौँ ।’ कार्यक्रमका विषयमा सहायक विज्ञ शैलेन्द्र झाले जानकारी दिनुभयो । 

    FB_IMG_1691807555990.jpg

    झाका अनुसार आजको कक्षामा विद्यार्थीहरुलाई विभिन्न पक्षमा जानकारी, सम्भावना र प्रतिस्पर्धी समयमा यसको प्रयोगका विषयमा जानकारी दियौँ । आजको कक्षाका आधारमा विद्यार्थीहरुले आफ्नो रुचिको विषयमा नाम टिपाउँछन् । यसरी प्राप्त भएका नामका आधारमा कक्षा सञ्चालन हुनेछ । 

    महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने सिपमा शिक्षा कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छ । 

    FB_IMG_1691832351736.jpg

    काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाह लेख्नुहुन्छ,
    प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरुको गहिरो रुचि : यो रुचि हाम्रा लागि अवसर:
    सामुदायिक विद्यालयका विद्यार्थीहरुमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको छ । सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरुमा विषय सिकाइप्रति उत्साह देखिएको हो । भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।
    प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ । यसपछि हामी अभिमुखीकरण (ओरियन्टेसन) का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रुचि टिप्छौँ । त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रुपमा समावेश गरेर कक्षा चलाउँछौँ ।
    यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरुलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ ।
    महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ । यसअन्तर्गत सञ्चालन हुने शिक्षामा सिप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ ।
     

    images
    शनिवार, श्रावण २७ २०८००३:०७:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार