बिहिवार, भाद्र ७ २०८०
भदौ, ७ गते काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा ‘बी टेक इन सीएस एन्ड एआई’ (B.Tech.CS & AI) र ‘बी टेक इन आईटी’ (B.Tech.in IT) मा भर्नाको लागि आवेदन खुला गरेको छ। विश्वविद्यालयको इन्जिनियरिङ तथा इन्फर्मेसन टेक्नोलोजी सङ्कायले एक सूचना जारी गर्दै भर्ना खुला गरेको जानकारी दिएको हो ।
विश्वविद्यालयले B.Tech.CS & IT विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई न्यूनतम ‘सी’ ग्रेड अथवा सेकेन्ड डिभिजन ल्याएको हुनुपर्छ भने B.Tech.in ITभर्ना हुन भने कक्षा ११/१२ मा जुनै विषय लिए पनि न्यूनतम ‘डी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।
भर्नाकोलागि इच्छुक विद्यार्थीले २०८० भदौ ६ देखि असोज ५ गतेसम्म नियमित र विलम्ब शुल्कमा असोज १२ सम्म फाराम भर्न सक्ने सूचनामा उल्लेख गरेको छ। यी दुवै विषयको प्रवेश परीक्षा भने असोज १७ गते हुने विश्वविद्यालयले जनाएको छ ।
भर्नाको लागि आवेदन फारम भर्न www.entrance.ltu.edu.np मा click गर्न सक्नेछन् । यी दुवै विषयको प्रवेश परीक्षा भने असोज १७ गते हुने विश्वविद्यालयले जनाएको छ ।

पूरा रुप ब्याचर अफ टेक्नोलोजी इन कम्प्युटर साइन्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स रहेको यो कोर्ष चार वर्षे (आठ सेमेस्टर) हो । यो कोर्षमा कम्प्युर विज्ञान र एआई दुवै क्षेत्रको विषयहरू समेटिएको छ ।
प्रविधि तथा एआईसँग सम्बन्धित उद्योगका लागि जनशक्ति उत्पादन गर्न कोर्षमा सैद्धान्तिक सँगै प्रयोगात्मक विषय राखिएको छ । यो कोर्ष नियमितमा पढ्न १ लाख १६ हजार र पूर्ण शुल्कमा ४ लाख २५ हजार रुपैयाँ लाग्छ ।
ब्याचलर अफ टेक्नोलोजी इन इन्फर्मेसन टेक्नोलोजी कोर्ष चार वर्षे (आठ सेमेस्टर)हो । यो कोर्ष अध्ययन गर्ने विद्यार्थीलाई आईटी प्रिन्सिपल, कम्प्युटर सिस्टम, प्रोग्रामिङ ल्याङ्ग्वेज, नेटवर्किङ, डेटाबेस र सफ्टवेयर डेभलपमेन्टका विषयहरूको ज्ञान दिइने छ ।
प्रयोगात्मक कक्षा र सैद्धान्तिक ज्ञानलाई मिसाएर आईटी क्षेत्रका लागि विभिन्न जनशक्ति तयार पार्नु कोर्षको उद्देश्य रहेको छ । यो कोर्ष नियमित शुल्कमा पढ्न एक लाख ३० हजार र पूर्ण शुल्कमा छ लाख २० हजार रुपैयाँ लाग्छ ।
यी दुवै कोर्षको कोटा ४८ रहेको छ । जसमा विश्वविद्यालयले ४ जनालाई पूर्ण छात्रवृत्ति र १२ जनालाई नियमित शुल्कमा अध्यापन गराउने भएको छ । साथै नेपाल इन्जिनियरिङ परिषदबाट कोर्षको अनुमति पाउन साथै आईटी इन्जिनियरिङको पनि भर्ना खुला गर्ने विश्वविद्यालयको भनाइ छ ।