आइतवार, भाद्र १० २०८०
भदौ, १० गते काठमाडौ । इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले आंगिक क्याम्पसमा गरेको चर्को शुल्क वृद्धि खारेजीका लागि समाजवादी मोर्चा नेपाल निकट ४ विधार्थी संगठनका नेताहरु आमरण अनशन बसेका छन।
आमरण अनशनमा केशव रावल, उपाध्यक्ष, अखिल (क्रान्तिकारी), रचना यादव, उप महासचिव, समाजवादी विधार्थी संगठन र बिप्लव निकट अखिल (क्रान्तिकारी) प्रेम सी रहेका छन।
यसअघि नेपाल विद्यार्थी संघका अध्यक्ष आमरण अनशन बसिरहेका छन।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्था (आईओई) ले चार वर्षे स्नातक तहको शुल्क एकैपटक ३ लाखबाट बढाएर ७ लाख पुर्याएको छ । यसअघि इन्जिनियरिङ स्नातक तहको नियमिततर्फ ३५ हजार शुल्क कायम गरिएको थियो भने, हाल उक्त शुल्क बढाएर ८२ हजार ७२० रूपैयाँ कायम गरिएको छ । त्यस्तै, पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारलाई बढाएर ७ लाख ७५ हजार पुर्याइएको छ ।
