Jul 27 2026 | २०८३, श्रावण ११ गते

कुलेश्वर आवास क्याम्पसमा बिआइटी यसै बर्षदेखी पढ्न पाइने

कुलेश्वर आवास क्याम्पसमा बिआइटी यसै बर्षदेखी पढ्न पाइने

  • 2.0K
    SHARES

  • कुलेश्वर आवास क्याम्पसमा बिआइटी यसै बर्षदेखी पढ्न पाइने

    भदौ, १० गते- काठमाडौ । कुलेश्वर आवस माध्यायमिक बिद्यालय (KASIS) यस बर्षदेखि कुलेश्वर आवास (सामुदायिक) क्याम्पसको रुपमा बिकास भएको छ।

    कुलेश्वर आवास क्याम्पस (KAC) ले यसै बर्षदेखी ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (Bachelor Of Information Technology/ बिआइटि) पढाई गर्ने भएको छ। मिति २०४६ सालमा स्थापित सार्वजनिक शिक्षाकोष अन्तर्गत गैर नाफामुखि रुपमा संचालित शैक्षिक संस्था कुलेस्वर आवासमा यसै बर्षदेखि क्याम्पस तहमा पुर्वाञ्चल बिश्वबिद्धालयबाट सम्बन्धन लिई BIT पठनपाठन गर्ने भएको हो।

    CamScanner 08-27-2023 19.31.jpg

     

    बिआइटी (BIT) पढाई हुने एक मात्रै सामुदायिक क्याम्पस कुलेश्वर आवास क्यामपस (KAC) मा हाल ४८ सिटमा भर्नाको लागि आवेदन खुलेको छ। पुर्वाञ्चल बिश्वबिद्धालयको भर्ना तालिका अनुरुप यस क्याम्पसमा भर्नाहुन चाहने विद्यार्थीहरुले आवेदन भारम भरी २०८० असोज २७ गते भित्र प्रवेश परिक्षा दिइसक्नुपर्ने छ। प्रवेश परिक्षा क्याम्पसले तोके बमोजिम फरक फरक मितिमा संचालन हुनेछ।

    प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थीलाई पुर्ण छात्रवृत्ति दिइने क्याम्पस प्रमुख मेघराज दुलालले बताउनुभयो। तर त्यसको लागि बिश्वबिद्धालयले तोके बमोजिम परिक्षामा सहभागी हुनुपर्ने छ।

     

    स्नातक तहमा बिआइटी(BIT) पढ्नको लागी कक्षा ११ र १२ मध्ये कुनै एक कक्षामा गणित विषय लिएर उत्तिर्ण गरेको हुनुपर्ने छ। डि प्लस ग्रेड हासिल गरेका विद्यार्थीले पनि यो विषय पढ्न सक्ने व्यवस्था गरेको छ । यो कोर्षमा तथ्यांकको विश्लेषण, डिजाइन, सफ्टवेयर डेभलपमेन्ट, कम्प्युटर नेटवर्किङ तथा डाटा इन्फर्मेसन, वेबसाइट निर्माण, एप्लिकेसन निर्माण लगायतका विषयहरुको अध्ययन गरिन्छ ।

    सो विषय अध्ययन पश्चात विद्यार्थीले जागिर मात्रै नभएर आफ्नो ढंगले पनि विभिन्न प्रकारका प्रोजेक्टहरुको सञ्चालन गर्न सक्षम हुन्छ । अहिले भइरहेका जुनसुकै काम पनि आइटीसँग जोडिदै गएकाले जनजीवन नै आइटीमय भएको र भविष्यमा पनि यसको थप महत्व बढ्दै गएको छ।

    विद्यार्थीहरुलाइ विश्व स्तरको शिक्षा प्रदान गर्नका लागि यसले अन्तराष्ट्रिय तथा राष्ट्रिय विद्यालयहरु जस्तै बेलायत, इजरायलका विभिन्न विद्यालयहरु र बुढानिलकण्ठ स्कुल संग सहकार्य र सांस्कृतिक आदान प्रदान कार्यक्रम, विद्यार्थी आदान प्रदान कार्यक्रम, भिडियो कन्फे्रन्सिङ मार्फत विश्वव्यापी साँझेदारी कार्यक्रम विस्तार गर्दै आएको यस शिक्षण संस्थाले अब बिश्वबिद्धालय शिक्षाको लागि समेत विभिन्न कार्यक्रमहरु लन्च गर्ने जानकारी दिएको छ।

    नेपाल सरकारले उपलब्ध गराएको ९/२ रोपनीको जग्गामा आफ्नै अत्त्याधुनिक तथा सुबिधासम्पन्न भवन, खेल मैदान तथा खुल्ला वातावरण र आवस्यक पुर्वाधारहरुको उल्लेख्य पहुँच भएकोले विद्यार्थीहरुको लागि पढ्न अत्यन्तै सुन्दर वातावरण रहेको छ। BIT को लागि कुलेश्वर आवास क्याम्पसले भर्ना समेत खोली सकेको छ।

    भर्नाको लागि Click गरेर आवेदन फारम भर्न सक्नुहुनेछ ।

    FB_IMG_1693144751988.jpg

     

    images
    आइतवार, भाद्र १० २०८००७:१२:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार