शुक्रवार, माघ ५ २०८०
माघ, ५ गते काठमाडौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन माग गरेको छ । नास्टले 'नविनतम अनुसन्धान, प्रविधि हस्तान्तरण एवम् समृद्धिका लागि नवप्रवर्तन' शिर्षकमा अनुसन्धान गर्न चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिनु पर्ने सुचनामा उल्लेख गरेको छ।
प्रज्ञा प्रतिष्ठानको प्रविधि संकाय अन्तर्गत उक्त शीर्षकमा आर्थिक बर्ष २०८०–८१ को लागि स्वीकृत परियोजना संचालन गर्न केही नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परि सहायकको आवश्यक ता भएकोले आवेदन माग गरेको छ ।
नवप्रवर्तन सहायक अनुसन्धानकर्ता मेकानिकल इन्जिनियर एक जना, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल इन्जिनियरएक् जना, अटोमोबाईल इन्जिनीयर एक जनाका जनाका लागि आवेदन माग गरेको छ । नवप्रवर्तन परियोजना सहायकका लागि प्राविधिक सहायक, मेकानिकल एक र प्राविधिक सहायक, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल एक जनाले उक्त परियोजनामा अनुदान पाउनेछन् ।
