शनिवार, माघ २७ २०८०
माघ, २६ काठमाडौ । काठमाडौको चावेलमा अवस्थित सेन्ट लरेन्स कलेजले आयोजना गरेको 'सेन्ट लरेन्स साइन्स एन्ड आइटी एक्स्पो २०८०' मा रिपुमर्दिनी सैनिक महाबिद्यालयले प्रथम स्थान हात पारेको छ। शुक्रवार सम्पन्न भएको 'सेन्ट लरेन्स साइन्स एन्ड आइटी एक्स्पोमा उक्त बिद्यालयले प्रथम स्थान हात पारेको हो।

एक्स्पोमा सफल मिसन पब्लिक स्कुलले द्विपक्षीय स्थान र अनमोल ज्योति सेकेन्डरी स्कुलले तृतीय स्थान हात पारेको छ। साथै प्रथम द्विपक्षीय र तृतीय हुने बिद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार वितरण गरिएको थियो।

त्यसैगरी डिजिटल भोटिङ सिष्टमबाट सर्वाधिक मत प्राप्त गरेर भ्यूअर चोइस अन्तर्गत सेन्ट लरेन्स सेकेन्डरी स्कुलले प्रथम स्थान हासिल गर्यो । उक्त स्कुलले ३६१ भोट प्राप्त गरेको थियो।
एक्स्पोमा जज प्यानलको रुपमा त्रिभुवन बिश्वबिद्धालयका Assistant prof. डा. नेत्रलाल भण्डारी, Central Department of Chemistry), Assistant prof.मधुसूदन पौडेल Physis Department of Trichandra College) रहनुभएको थियो।

विज्ञान तथा प्रविधि सम्बन्धी नयाँ आविष्कारहरूको प्रदर्शनी तथा प्रतियोगितामा काठमाडौ उपत्यकाका बिभिन्न २० वटा बिद्यालय सहभागी भएका थिए ।

शुक्रवार सम्पन्न एक्स्पो कार्यक्रम सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालको सभापतित्वमा सम्पन्न भयो। समापन कार्यक्रममा काठमाडौ महानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष बिमल कुमार होडा प्रमुख अतिथि रहनुभएको थियो। प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी, प्रिन्सिपल पुरुषोत्तम महर्जन, अप्रेस्नल डाइरेक्टर अजय खनाल लगाएत विभिन्न स्कुलका प्रिन्सिपल, शिक्षकहरुको बिशेष उपस्थिती रहेको थियो। कार्यक्रम +२ कोर्डिनेटर मुकुन्द राज ढुङ्गानाले संचालन गर्नुभयो।

समापन कार्यक्रममा कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले विद्यार्थीहरूमा रहेको बैज्ञानिक सिप, क्षमता तथा दक्षतालाई प्रवर्द्धन गर्न विज्ञान प्रदर्शनी प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीसंग भएको रचनात्मक क्षमतालाई प्रदर्सन गर्न र समाजमा स्थापित गर्न एक्स्पोले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।

त्यसैगरी समापन कार्यक्रममा काठमाडौ महानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष बिमल कुमार होडाले बैज्ञानिक आविस्कारहरुको प्रदर्शन तथा प्रतियोगिताले विद्यार्थीहरुका क्षमताको पहिचान गर्न सघाउ पुर्याउने बताउनुभयो । साथै आगामी दिनमा आयोजना गरिने बैज्ञानिक आविस्कार र प्रदर्शनीमा काठमाडौ महानगर र वडा कार्यलयले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सेन्ट लरेन्सका अध्यक्ष केशव प्रसाद दंगालले विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने सीप भएका, केही गर्ने आँट भएका अन्वेशन गर्ने क्षमता भएका विद्यार्थीहरूले भोलीको भविष्यको निर्धारण गर्ने बताउनुभयो । सो प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधिका नयाँ आविष्कारबारे आफूले पनि ज्ञान हासिल गर्दै अन्य साथीभाईहरुलाई पनि ज्ञान दिन सफल भएको उल्लेख गर्नुभयो ।

साझेदारी रुपमा देशभरीबाट विद्यार्थी बोलाएर 'Science & IT Expo' आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष दंगालले सधै सेन्ट लेरेन्स एक्लैले गर्दै आएको एक्स्पो यो वर्षदेखि काठमाडौ उपत्यकाका भिन्नभिन्न विद्यालयहरूलाई समेत सहभागी गराएर कार्यक्रम गर्न सुरु गरेको जानकारी दिनुभयो । एक्स्पो अवलोकन गर्न दुई दिन सम्म विभिन्नबिद्यालय विद्यार्थीहरुको घुइचो लागेको थियो।




