Oct 03 2026 | २०८३, आश्विन १७ गते

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार भएको छ: प्रधानमन्त्री

शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार भएको छ: प्रधानमन्त्री

  • 336
    SHARES

  • शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार भएको छ: प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार भएको बताएका छन् । सरकार गठन भएको ३ बर्ष पूरा भएको अवसरमा बोल्दै प्रधानमन्त्रीले ३ वर्षमा विद्यालय तहको भर्ना दरमा उल्लेख्य सुधार आएको बताए ।

    प्रधानमन्त्रीले  भने, ‘शिक्षाको सन्दर्भमा मैले गत बर्ष संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)को विश्व प्रतिवेदन– 'A world ready to learn' लाई उल्लेख गरेको थिएँ ।’ प्रतिवेदनमा सन् २००० पछिका १७ बर्षहरुमा नेपालको विद्यालय भर्नादर १२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको भनी प्रशंसा गरिएको छ ।

    त्यस्तै आधारभूत तहको खुद भर्ना दर बढेर ९२.३ प्रतिशतबाट ९३.४ प्रतिशत पुगेको र माध्यमिक तह (९देखि १२) को खुद भर्नादर ४३.९ बाट बढेर ४७.६ प्रतिशत पुगेको पनि उनले जनाए । हाल देशमा ६ वर्ष माथिको साक्षरता प्रतिशत ७८ बाट बढेर ८५ हुनु उपलब्धिमूलक हो  यसलाई थप मिहेनत गर्नुपर्ने जनाए।

    साथै उनले भने सीटीईभीटी अन्तर्गतका  २ सय ९२ स्थानीय तहमा  प्राविधिक शिक्षालय सञ्चालित भएको र  उक्त शिक्षालयबाट ६५ हजार ४ सय ४० जनाले व्यवसायिक तालिम लिएको र प्राविधिक शिक्षालयको संख्या पनि बढेर ५ सय ७० बाट १ हजार ४२ पुगेको जानकारी दिए ।

    प्रधानमन्त्री ओलीले नेपाल भौतिक पूर्वाधार निर्माण को क्रममा रहेको बताउदै नेपालको सबैभन्दा पुरानो दरबार हाइस्कूलको पनि पुनर्निर्माण कार्य पनि यही अवधिमा सम्पन्न भएको बताए ।

    त्यस्तै शिक्षा क्षेत्रमा भौतिक पूर्वाधार बिकासको गति अघि बढेको र निर्माणधीन ७ हजार ५५३ मध्ये ६ हजार ८५ विद्यालय भवनको निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।

    images
    सोमवार, फाल्गुण ३ २०७७०९:२८:०८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार