Oct 03 2026 | २०८३, आश्विन १७ गते

१७ बर्षीय छात्रा भागरथी बला'त्कारको आरोपित सार्वजनिक !

१७ बर्षीय छात्रा भागरथी बला'त्कारको आरोपित सार्वजनिक !

  • 709
    SHARES

  • १७ बर्षीय छात्रा भागरथी बला'त्कारको आरोपित सार्वजनिक !

    बैतडीकी, १७ बर्षीय छात्रा भागरथीको बला'त्कारको आरोपित पक्राउ पछी प्रहरीले सार्वजनिक गरेको छ !

    पक्राउ पर्नेमा भागरथी अध्यानारथ  सनातन धर्म माध्यमिक विद्यालय मै कक्षा ११ मा अध्ययनरत विद्यार्थी अन्दाजी  १८ वर्षीय किशोर  दिनेश भट्ट भन्ने हुन् । उनले माघ २१ गते स्थानीय सामुदायिक बनमा पिछा गरेको र  एक्लै भएको मौका पार्दै लडाएर ह'त्या गरेको खुलेको प्रहरी श्रोत को भनाइ छ ।

     

    IMG_20210217_162339.png

    यसअघि बला'त्कार र ह'त्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको थियो।

    प्रहरीका अनुसार आरोपित भट्टको शंकास्पद गतिबिधि, प्राबिधिक पक्षको बिश्लेष्ण. लोकेशन र प्रतक्षदर्शी साबिती बयानका आधारमा छात्राको ह'त्यामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ परि सार्वजनिक गरिएको हो  ।

    जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले दिनेश भट्टले भागरथीको बला'त्कारपछि हत्या गरेको बताए। 

    अहिले आरोपित  दिनेश  भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा कर्तव्य ज्यान र बला'त्कार सम्बन्धी कसुरीमा कारवाहीका लागि अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयकै एसएसपी जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको थियो र ह'त्याको घटना सार्वजनिक भएपछि डीआईजी सुवेदी आफै बैतडी पुगेका थिए। 

    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया छात्रा भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट फर्किने बेला बेपत्ता भएकी र भोलिपल्ट माघ २२ गते उनी स्थानीय लवलेक सामुदायिक वनमा मृ'त अवस्थामा फेला परेकी छन्। 

    पक्राउ परेका किशोर दिनेश भट्टले  अपराध स्वीकार गरिसकेपछी प्रहरीले उनलाई सार्कोवजनिक गरेको छ। FB_IMG_1613558716856.jpg

     को हुन् भागरथीको बला''त्कारपछि हत्या अभियोगमा पक्राउ परेका युवा ?

    १७ वर्षीया किशोरी भागरथी भट्टको बला'त्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने एक किशोरलाई पक्राउ गरेको छ। भागरथी मृत भेटिएको १३ औँ र बेपत्ता भएको १४ औँ दिनमा प्रहरीले ती किशोरलाई पक्राउ गरेको पुष्टि गरेको छ। 

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले बला'त्कारपछि ह'त्या अभियोगमा पक्राउ परेका अभियुक्तलाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । 

    आरोपितले बयानका क्रममा अपराध स्वीकार गरिसकेको र अव कानुन अनुसार आर्बाहिमा अगाडी बढ्ने प्रहरी वरिष्ठ उपरीक्षक सिंह बताउँछन्। भट्ट थरका ती युवक भागरथीकै छिमेकी र नातेदार समेत रहेको खुलेको छ। 

    भागरथी अध्ययनरत बैतडीको दोगडाकेदार गाउँपालिकाकै सनातन धर्म माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत उनले बला'त्कारपछि हत्या गरेको स्वीकार गरेका छन्। 

    त्यो दिन बला'त्कार गरेपछि हत्या गरेका बयान दिएका उनले भागरथीको परिवारसँग आफ्नो परिवारको पूरानो रिसिबीका कारण प्रतिशोधका लागि उनको ह'त्या गरिदिएको बताएको प्रहरी स्रोतले जनाएको छ। 

    घटना भएकै दिनदेखि प्रहरीको निगरानीमा रहेका उनलाई सोधपुछपछि छोडिएको थियो। त्यतिमात्रै नभई ती युवक भागरथीको न्यायका लागि हुने प्रर्दशनमा समेत सहभागी हुने गरेका थिए। 

    अभियोग पुष्टि हुने सबुत प्रमाण समेत मिलेपछि प्रहरीले पक्राउ गरि उनलाई मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय पुगाएको य्हियो ।

     

    images
    बुधवार, फाल्गुण ५ २०७७०४:१२:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार