Oct 03 2026 | २०८३, आश्विन १७ गते

मुल्यबृद्धि पिर्तागर !

इन्धनको मुल्य वृद्धि विरुद्ध विभिन्न बिधार्थी संगठनले गरे आयल निगम घेराउ !

इन्धनको मुल्य वृद्धि विरुद्ध विभिन्न बिधार्थी संगठनले गरे आयल निगम घेराउ !

  • 456
    SHARES

  • इन्धनको मुल्य वृद्धि विरुद्ध विभिन्न बिधार्थी संगठनले गरे आयल निगम घेराउ !

    पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध प्रचण्ड निकट विद्यार्थी संगठन अनेरास्ववियुले ज्ञापनपत्र सहित बिरोध प्रदर्सन गरेको छ। बबरमहलस्थित  नेपाल आयलनिगमको कार्यलय घेराउ गर्दै अनेरास्ववियुले प्रदर्सन गरेको हो। 

    151375954_5853785551314129_174431182872764771_n.jpg

    बिरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियुका केन्द्रिय अध्यक्ष रन्जित तामाङ्ले पेट्रोलियम पदार्थ्मा भएको मूल्य वृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दै ४८ घण्टे अल्टिमेटम दिएको छ। उनले भने यदि ४८ घन्टाभित्र इन्धनको मूल्य नघटाए अझै कडा किसिमको आन्दोलन को घोषणा गर्ने र चुप लागेर नबस्ने बताएका छन।

    अध्यक्ष तामाङले भनेका छन स्वचालित मुल्य वृद्धि मान्छौ तर मुल्य बढ्दा मात्रै बढाउने र इन्धनको मूल्य नघटाउने प्रबृत्ति विरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन। उनले आयलनिगम मनलागी बोनस बाँड्ने तर जनतालाइ सहुलियत नदिने निगमले अपराधिक चरित्र देखाएको बताएका छन। 
    अध्यक्ष तामाङ ले मुल्य वृद्धि फिर्ता नगरे सडकमा झन्डा हल्लाएर हिड्न नदिने घोषणा गरेका छन।
    यसैगरि तामाङ्ले विद्यार्थी हरुलाइ सहुलियत पुर्ण इन्धन र ग्यास को ब्यबस्था हुनुपर्ने माग गरेको छ।

    151259321_5853785777980773_4784854024812753858_n.jpg



     जनता समाजवादी पार्टी (जसपा)  विद्यार्थी संगठन को थाल र सिलिन्डरसहित प्रदर्शन !

    त्यसैगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले बुधबार राजधानीमा प्रदर्शन गरेको छ  । राजधानीको माइतीघरमा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै खाना खाने थाल र सिलिन्डरसहित प्रदर्शन गरेका हुन् । 

    aHR0cDovL3dlYnR2a2hhYmFyLmNvbS9hcHBsaWNhdGlvbi91cGxvYWRzL3BhZ2UvMTQ5OTI3NDQyXzg1NDU0MzQyODcwMDg3Nl81NzM2ODc0MDM2MTEzOTkyNTc5X24uanBn.jpg

    प्रदर्शनका क्रममा उनीहरुले ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, बढ्दो महँगी नियन्त्रण गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद’लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । 

    151811596_3657896534296508_5632059642477037841_o.jpg
    नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ) मूल्य बढाएको थियो । निगमले एक साताको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको हो ।

    images
    बिहिवार, फाल्गुण ६ २०७७०३:२८:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार