Oct 03 2026 | २०८३, आश्विन १७ गते

विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा कंचनपुरमा शिक्षक पक्राउ

विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा कंचनपुरमा शिक्षक पक्राउ

  • 411
    SHARES

  • विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा कंचनपुरमा शिक्षक पक्राउ

     बालिकामाथि यौन दु'र्व्यवहार गरेको भन्दै कंचनपुरमा एकजना शिक्षक पक्राउ परेका छन्। 

    कन्चनपुरको बेलौरी नगरपालिका ६ विद्यानगर अवस्थित श्री महाकाली माध्यमिक विद्यालयका शिक्षक मधुविलास ढुङ्गाना (५३ वर्षीय) ले सोहि विद्यालय कक्षा ६ मा पढ्ने १४ बर्षिय बालिकामाथि यौन दु'र्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ।

    शिक्षक ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दु'र्व्यवहार गरेको भन्दै पिडित बालिका र प्रतक्षदर्शीले बताएका छन्।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार  ढुङ्गानालाइ अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ र पीडित बालिकाका अभिभावकले उनीविरुद्ध किटानी  जाहेरी दिएपछि थप कारवाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ। 
     यस अघि कंचनपुर कै निर्मला पन्त माथि बला''त्कार पछी ह''त्या गरिएको थियो भने बैतडीमा भागरथी भट्ट ले पनि निर्मला कै अवस्था भोग्नुपरेको छ ।

    महिला तथा पढ्दै गरेका साना साना बालिका हरु माथि यौन हिँ'सा रोक्न राज्यले कडा सजायको नीति अबलम्बन गर्न जरुरि रहेको छ भने समाजमा यौन हिँ'सा सम्बन्धि जनचेतनामुलक अभियानहरु संचालन गर्न आवस्यक छ । 

     

     

    images
    शुक्रवार, फाल्गुण ७ २०७७०९:१५:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार