Jul 27 2026 | २०८३, श्रावण ११ गते

फिजम अन्तर-बिद्यालय कविता प्रतियोगितामा अर्किड स्कुल पहिलो।

फिजम अन्तर-बिद्यालय कविता प्रतियोगितामा अर्किड स्कुल पहिलो।

  • 776
    SHARES

  • फिजम अन्तर-बिद्यालय कविता प्रतियोगितामा अर्किड स्कुल पहिलो।

    असार, १६ गते काठमाडौ । फोरम अफ इन्चिट्युट स्कुल  मेनेजरस् (फिजम)को अन्तर -बिद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ। FISM अन्तर्गत रहेका २५ संस्थागत बिद्यालयहरुको संगठनद्वारा आयोजित अन्तर -विद्यालय कविता वाचन प्रतियोगिता कोटेश्वरमा अवस्थित ग्रामर स्कुलमा आयोजना गरिएको हो।

    20210921192352_IMG_0544.JPG

    फिजमका अध्यक्ष अमृतकुमार खड्काको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा डा. देवी नेपाल प्रमुख अतिथ्य्यतामा सम्पन्न भयो। प्रतियोगितामा प्रथम अर्किड सेकेण्डरी स्कुलकि बिभुषा केसीले पहिलो स्थान हात पारिन। द्वितीय स्थान हेब्रन पब्लिक स्कुलका विशेष दाहाल, तृतीयमा रत्न शिक्षा सदनका आकांक्षा सापकोटा र चौथो स्थान ग्लोबल पब्लिक स्कुलका स्नेहा कार्कीले हात पारिन ।

    20210921214744_IMG_0635.JPG

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने विद्यालयले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् । प्रतियोगिताको निर्णायकमा कवि रूपक अधिकारी (अलंकार) र कवि बलराम दाहाल रहेका थिए।

    20210921211502_IMG_0611.JPG20210921212633_IMG_0614.JPG

    कार्यक्रममा बोल्दै अध्यक्ष तथा सभापति खड्काले विद्यार्थीहरुको सर्बाङ्गिण बिकासको लागि गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत गरिएको कार्यक्रम रहेऊ बताउनुभयो। यो महिना कबिताको महिना, साहित्यको महिना र सिर्जनाको महिनाको रुपमा मनाउनु पर्ने भन्दै भानुभक्तको जन्मजयन्तीको अवसरमा यो कार्यक्रम गरिएको बताउनुभयो ।

    20210921190622_IMG_0537.JPG

    कार्यक्रममा बोल्दै फिजमका संरक्षक तथा ग्रामर कलेजका अध्यक्ष जयकुमार राईले लविता प्रतियोगिताले नेपालि साहित्यमा बिकास गर्ने धारणा व्यक्त गर्मुभयो।

    20210921190057_IMG_0529.JPG

    कार्यक्रममा बोल्दै ग्रामर कलेजका प्राचार्य राजकुमार राईले प्रतियोगितालाई हार जित भन्दापनी आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने प्लेठफर्म का रुपमा लिन नुरोध गर्नुभयो। साथै प्रतियोगितामा भागलिन पाउनु पनि जित्नु सरहनै रहेको बताउनुभयो ।

    20210921191505_IMG_0539.JPG

    एक अर्को सन्दर्भमा प्राचार्य राईले ३५% ल्याउन नअस्क्ने विद्यार्थीहरु पढ्न नपाउनु दु:खद भएको भन्दै यसले लाखौं विद्यार्थीहरुको भविश्य संकटमा पार्ने बताउनुभयो। उहाँले प्रतेक विद्यार्थी आफैमा एउटा युनिक हो भन्दै सबैले सबै बिषय जन्नुपर्छ भन्ने नअरहेकोले अंग्रेजी, गणित बिग्यानमा नम्बर नल्याउने विद्यार्थी अयोग्य नहुने बताउनुभयो।

    20210921200638_IMG_0581.JPG

    कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डा. देवि नेपाल ले प्रतिभाहरुलाइ प्रस्तुत गर्ने बातावरण बनाई विद्यार्थी भित्र लुकेर बसेका प्रतिभाहरुलाई प्रस्तुत गर्ने मौका दिइएको मा आयोजक संस्था फिजमलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै यस्ता प्रतियोगिता कक्षाकोठामा पनि गर्न सुझाव दिनुभयो।

    20210921203632_IMG_0604.JPG

    डा. नेपालले आफ्नो सिर्जनालाई पस्किन पाउनु र स्रोता पाउनु महत्त्वपूर्ण रहेको भन्दै नेपाली कविताको क्षेत्रमा विद्यार्थीहरुको बाह्य क्षमता होइन भित्री क्षेमतालाई प्रस्फुटन गर्ने मौका पाएको धारणा व्यक्त गर्नुभयो।

    लेखक साहित्यकारलाई असार महिना किसान को खेती पाती जस्तै ब्यस्त हुनेगरेको भन्दै २११ औ भानु जन्मजयन्ती महिनाब्यापी मनाउदै सिर्जनात्मक मान्छे भित्रको आसा खोज्ने जिम्मेवारी पुरागर्नुपर्ने बताउनुभयो ।

    20210921215051_IMG_0651.JPG

    विद्यार्थीहरुलाई साहित्य र सिर्जनाप्रतीको लगावले अमरत्व प्रदान गर्ने भन्दै बरु नेता भुतपुर्व बन्न सक्छ, कर्मचारी भुतपुर्व बन्नसक्छन तर भानुभक्त, लक्ष्मिप्रसाद, नाराण गोपाल जस्ता सर्जकहरु कहिले भुतपुर्व हुदैनन। बरु उहाँहरु बर्तमान र भविष्यमा पनि बाँचिरहने बताउनुभयो। साथै साहित्यमा निराशा होइन आशावादीता जगाउनुपर्ने बताउनुभयो।

    20210921214716_IMG_0632.JPG

    कविता प्रतियोगिता कार्यक्रममा फिजमका संरक्षक तथा ग्रामर कलेजका अध्यक्ष जयकुमार राई, कलेजका प्राचार्य राजकुमार राई, फिजमका पदाधिकारी, विभिन्न स्कुलका प्राचार्य र शिक्षक अतिथिको रुपमा रहनुभयो। उक्त कार्यक्रम सञ्चालन फिजमका सचिव सुनिल केसी खत्रीले गर्नुभएको थियो ।

    20210921184250_IMG_0503.JPG

    २०६४ सालमा स्थापना भएको फिजमले स्थापनाकालदेखिनै फिजम अन्तर्गत रहेका सदस्य विद्यालयका बिच विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलप प्रतिष्पर्धात्मक ढंगले गर्दै आइरहेको छ ।

    20210921214657_IMG_0628.JPG20210921214621_IMG_0625.JPG20210921215029_IMG_0647.JPG20210921215012_IMG_0646.JPG20210921185316_IMG_0516.JPG20210921192535_IMG_0548.JPG20210921192423_IMG_0545.JPG

    images
    आइतवार, आषाढ १६ २०८१०९:४३:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार