Jul 27 2026 | २०८३, श्रावण ११ गते

आइटी क्षेत्रमा करियर बनाउदै काठमाडौ बर्नहार्ट।

बर्नहार्टका आइटी विद्यार्थीलाई गूगलका सफ्टवेयर इन्जिनियर टम लेनले लिए क्लस

बर्नहार्टका आइटी विद्यार्थीलाई गूगलका सफ्टवेयर इन्जिनियर टम लेनले लिए क्लस

  • 617
    SHARES

  • बर्नहार्टका आइटी विद्यार्थीलाई गूगलका सफ्टवेयर इन्जिनियर टम लेनले लिए क्लस

    असार, २० गते । काठमाडौ बर्नहार्ट कलेज आइटी क्षेत्रमा स्थापित कलेज हो। बिगत लामो समय देखि स्नातक तहमा बिएस्सि सिएसआइटी (BSc.CSIT) र बिसीए (BCA)पढाउदै आएको उक्त कलेज आइटी (IT) क्षेत्रमा अब्बल मानिन्छ।

    FB_IMG_1720110977337.jpg

    काठमाडौ बर्नहार्ट कलेजमा आज गूगल (Google) का सिनियर सफ्टवेयर इन्जिनियर टम लेन (Tom Lene) ले गेस्ट लेकचररको रुपमा आइटी र कम्प्युटर सफ्टवेयरमा विद्यार्थीहरुको भविष्य बारे क्लास लिएका छन। बर्नहार्टमा आइटी पढ्दै गरेका विद्यार्थीहरुसंगको प्रश्नोत्तर कक्षामा आइटि र कम्प्युटर सफ्टवेयरबारे क्लास लिएका हुन।

    20210925165434_IMG_0839.JPG

    विद्यार्थीहरुले आइटी तथा कम्प्युटर सफ्टवेयर इन्जिनियर TOM LANE लाई भविष्यमा IT, AI र कम्प्युटर इन्जिनियर बारे प्रश्नउत्तर गरेका थिए। टम लेनले विद्यार्थीलाई आफूले गूगलमा काम गरेको अनुभव सहित कम्प्युटर सफ्टवेयर र आईटी बारे जानकारी दिएका थिए।

    20210925170859_IMG_0858.JPG

    कक्षामा विद्यार्थीहरुले कम्प्युटर पढेर वा कम्प्युटर सफ्टवेयर इन्जिनियर बनेर भविष्य के छ ? हामीले आफ्ना समस्याहरूको समाधान कसरी गर्ने ? आईटीमा सफलता कसरी प्राप्त गर्ने ? जस्ता विभिन्न प्रश्नहरूमा टम लेनसंग विद्यार्थीहरूले करिब ३ घन्टा छलफल गरेका थिए । जवाफमा टमलेनले अहिलेको दुनियाँमा एआई, आइटी र कम्प्युटर सफ्टवेयरले ब्यापकता पाएको भन्दै संसारभरी यसको भविष्य रहेको र नेपालमा पनि यसको ब्यापकता रहेको बताए।

    20210925151542_IMG_0810.JPG

    टम लेनले सफ्टवेयर इन्जिनियरिङमै रहेर २० वर्ष बिताएको अनुभव सुनाउँदै सबैभन्दा महत्त्वपूर्ण चीजहरूमध्ये एक कम्प्युटर सफ्टवेयर भएको बताए । सफ्टवेयर निरन्तर परिवर्तन भइराख्ने अवस्थामा आईटी र कम्प्युटर विज्ञानका बारेमा निरन्तर नयाँ कुराहरू सिक्नुपर्ने उनको भनाइ छ।

    उक्त कक्षामा बर्नहार्टका फाउन्डर प्रिन्सिपल डा. केबि महर्जनले विद्यार्थीहरुलाई प्रश्न सोध्न उत्प्रेरित गर्नुभयो। अहिलेको दुनियाँमा कम्प्युटर नजानेको मानिस अशिक्षित हुने भन्दै महर्जनले विद्यार्थीहरुले आफै Curiosity राख्नुपर्ने बताउनुभयो।

    20210925155824_IMG_0830.JPG

    अहिलेको २१औँ शताब्दीमा विश्वव्यापी रूपमै कम्प्युटर नजान्ने मानिस निरीहजस्तै हुने भन्दै कम्प्युटरको महत्त्वका बारेमा विद्यार्थीलाई गुगल इन्जिनियरको अनुभव र त्यसको महत्व बारे जानकारी लिन कार्यक्रम आयोजना गरिएको कलेजका संस्थापक प्रिन्सिपल डा. केबी महर्जनले बताउनुभयो ।

    त्यसैगरी उक्त महत्त्वपूर्ण प्रश्नोत्तर कक्षामा बर्नहार्टका सल्लाहकार प्रोफेसर डाक्टर नारायण चापागाईंले आइटी बारे विद्यार्थीहरुलाई अनुभव साँटासाट गर्ने अवसर प्रदान गरेकोमा गूगलका सफ्टवेयर इन्जिनियर टम लेनलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले लेनसंग Class लिन पाउनु नै महत्त्वपूर्ण भएको भन्दै आगामी भविष्यमा समेत विद्यार्थीहरुलाई त्यो अवसर प्रदान गर्न सकिने धारणा ब्यक्त गर्नुभयो।

    20210925170100_IMG_0847.JPG

    उक्त कार्यक्रममा कलेज प्रमुख (Chief) सहदेव सिग्देलले आगामी दिनमा Tom Lean मार्फत गूगलमा विद्यार्थीहरुको लागि प्लेटफर्म निर्माण गर्न सकिने बताउनुभयो। साथै कलेजका प्रशासनिक निर्देशक रामचन्द्र थापाले आइटी पढ्ने विद्यार्थीहरुले पाएको अवसरले विद्यार्थीहरुले कम्प्युटर सफ्टवेयर र आइटीको ब्यापकताबारे जानकारी हासिल गर्न सक्ने बताउनुभयो।

    20210925152157_IMG_0813.JPGFB_IMG_1720110946228.jpg

    images
    बिहिवार, आषाढ २० २०८११०:०४:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार