बुधवार, श्रावण २ २०८१
साउन, २ कास्की । नेपालमा नै पहिलोपटक गण्डकी विश्वविद्यालयले एआई विषय पढाउने बताएको छ । स्नातकोत्तर तहमा एआई विषय पढाउन विश्वविद्यालयले पाठ्यक्रम तयार पारेको हो।
विश्वविद्यालयले बुधबार सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले उक्त बिषयको पाठ्यक्रम सार्वजानिक गरेका छन् । भदौ १६ गतेबाट विश्वविद्यालयले उक्त विषयको पढाइ रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।
प्राकृतिक विज्ञानमात्र नभई समाज विज्ञानसँग जोडेर यसको पढाइ गरिने भएकाले यो विषय बढी व्यावहारिक हुने तिमिल्सिना बताउँछन् । अहिले पढाउनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वीकार गर्दै उनले राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी पढाइ सञ्चालन गरिने बताए । तिमिल्सिनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञसँगको लामो छलफलपछि पाठ्यक्रम तयार पारिएको बताएका छन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले यसको पढाई संचालन गर्न सके प्रभावकारी बन्ने बताए । यसको पढाई २ वर्षमा सकिने छ । विज्ञान प्रविधिमा स्नातक उत्तीर्ण भएकाले मात्र यो विषय पढ्न सक्नेछन् । प्रतिसेमेस्टर २० जना विद्यार्थी प्रवेश परीक्षामार्फत छनोट गरिनेछ । यसका लागि छुट्टै प्रयोगशाला बनाउन लागिएको रजिष्ट्रार तिमिल्सिनाले बताए ।
विश्वविद्यालयले स्नातक तहका आईटी, फार्मेसी, बीबीए, स्पोर्ट्स म्यानेजमेन्ट र कानुन संकाय गरी ५ कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले ५२ जिल्लाका ४ सय ७६ विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयको आफ्नै आविष्कार केन्द्र, सुविधासम्पन्न प्रयोगशाला र पुस्तकालय रहेको रजिष्ट्रार तिमिल्सनाले बताए ।