सोमवार, फाल्गुण १० २०७७
सप्तरीको राजगढ गाउँपालिका वार्ड न २ को कमलपुरमा रहेको श्री खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयको प्रांगणमा विवाहको मन्डप बनाएर टेन्ट लगाएपछि २ दिन पठनपाठन अबरुद्ध भएको छ।
पठनपाठन बन्द हुने गरि बिद्यालयमा कुनैपनि कार्यक्रम गर्न नपाईने प्राबधान रहेपनि स्थानीय रामकुमार मण्डलले आफ्नी छोरीको विवाहको लागि शुक्रबार बेलुका जवरजस्ति टेन्ट लगाएपछि आईतबार र सोमबार दुई दिन पठनपाठन बन्द भएको हो।
बिद्यालयका प्रधानाध्यापक रविन्द्र यादवले भने पठनपाठन अबरुद्ध गरेर टेन्ट नबनाउन आग्रह गर्दापनी रामकुमार मण्डलले बिद्यालयको गेटको ताल्चा फुटाइ जवरजस्ति टेन्ट बनाएको हो ।
नियम बिपरित जवरजस्ती टेन्ट निर्माण गरेपछि प्रधानाध्यापकले कार्वाहीको माँग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतवार निवेदन दिएका तर निज मन्डल लाई समान्य शोधपुछ पछि छोडेको जनाइएको छ।