सोमवार, फाल्गुण १० २०७७
भीमदत्त नगरपालिका मटैना स्थित बजैनाथ सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्रा माथि निर्घात भएको छ । सोही विद्यालय का प्रधानाध्यापक खडक विष्ट ले मनिषा नाथ लाइ निर्घात रुपमा कुटपिट गरेको हो ।
पारिवारिक श्रोत अनुसार उनको टाउकोमा चोट लागेको र घाइते छात्रालाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ ।

घाइते मनिसा नाथ उपचारको क्रममा !
छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले प्रअलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।
त्यसैगरी कुटपिट गरिएको भन्दै विद्यार्थी संगठन हरुद्वारा बिज्ञप्ति जारिगरेका छन् ! बिगतमा समेत पटकपटक बिधार्थी माथि कुटपिट गर्ने गरेको त्यहाका स्थानीय विद्यार्थी संगठन का नेताहरुको भनाइ छ !
केही वर्ष पहिले पनि प्रधानाध्यापक बिष्ट बिद्यार्थी कुटपिट गरेको भन्दै कालोमोसो समेत दलेको थियो ।
प्रधानाध्यापक बिष्ट अपराधिक चरित्र को भएको भन्दै दुइटा बिद्यार्थी संगठन अनेरास्वियु र अखिल क्रान्तिकारी ले कारबाहीको लागि जोडदार माग गरेकाछन । बिज्ञप्ति मा भनिएको छ , दोषी प्रधानाध्यापक खडक विष्ट लाई निलम्बन गर्दै कडा भन्दा कडा कार्वाही का सम्बन्धि निकाय सङ्ग जोडदार माग गर्दछौं।
हेर्नुस प्रेस बिज्ञप्ति सहित
दोषी प्र.अ. खडक विष्ट लाई कडा कडा भन्दा कार्वाही का सम्बन्धि निकाय सङ्ग जोडदार माग गर्दछौं।