शुक्रवार, भाद्र १४ २०८१
भदौ, १४ गते धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि विश्वविद्यालयका कुलपती समेत रहनुभएका प्रधानमन्त्री ओलिले ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्नुभएको हो।
कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको थियो।
‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए ।