Oct 03 2026 | २०८३, आश्विन १७ गते

अव डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने !

अव डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने !

  • 518
    SHARES

  • अव डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने !

    डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम र डोटी का विद्यार्थीले अब डडेल्धुराबाटै शैक्षिक प्रमाणपत्र पाउने भएका छन्। यो संगै त्यहाँ पढ्ने झन्डै १६ हजार बिधार्थीका लागि सहज हुने भएको छ । 

     सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाका विद्यार्थीहरुले प्रविणता तह सम्मको प्रमाणपत्र डडेल्धुरामा रहेको राष्ट्रिय परिक्षा बोर्डको कार्यालय बाट पाउने भएका हुन। 

    राष्ट्रिय परिक्षा बोर्डको कार्यालय डडेल्धुराबाट ट्रान्सकिप्ट, माईग्रेसन र प्रोभिज्नल सर्टिफिकेट दिन सुरु गरिएको छ। यसअघि विद्यार्थीले धनगढीमा रहेको परिक्षा बोर्डको कार्यालयबाट शैक्षिक प्रमाणपत्र पाउने व्यवस्था थियो। 

    डडेल्धुरामा २०७१ सालको फागुनमा राष्ट्रिय परिक्षा बोर्डको कार्यालय स्थापना भएको र स्थापनाको ७ वर्षपछि विद्यार्थीलाई सर्टिफिकेट दिन शुरु गरिएको कार्यालय प्रमुख नारायण प्रशाद जोशीले बताए।

    अब विद्यार्थी एवं विद्यालयहरुले कैलालीको धनगढीबाट सर्टिफिकेट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। 

    images
    बिहिवार, फाल्गुण १३ २०७७०७:५१:४७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार