Jul 27 2026 | २०८३, श्रावण ११ गते

हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्छ : प्रधानमन्त्री

हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्छ : प्रधानमन्त्री

  • 486
    SHARES

  • हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्छ : प्रधानमन्त्री

    असोज, १ गते काठमाडौ । आज 'विज्ञान तथा प्रविधि : विकास र उत्पादन वृद्धि' भन्ने नाराका साथ आज हामी १२औं राष्ट्रिय विज्ञान दिवस मनाइदै छ।

    यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलिले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्ने धारणा ब्यक्त गरेका छन। हामी १२औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना मन्तव्य दिदै प्रधानमन्त्री ओलिले यस्तो धारणा व्यक्त गरेका हुन्।

    पूर्वीय दर्शनले सयौं वर्ष अघिदेखि कसरी वैज्ञानिक खोजलाई आफुमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन्। हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान पर्वतक थियो। समयक्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनीं। वाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शिक्षा प्रणाली र मौलिक परम्परामा समेटिएका थिए प्रधानमन्त्री ओलिले भनेका छन् ।

    साथै संदेशमा खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि रहेको धारणा ब्यक्त गरेका छन्। समयक्रममा हाम्रा सामु नयाँ परम्परा र परिवेश आए र तिनलाई अगाडि बढाउनु पर्यो। संदेशमा भनेका, 'अव फेरि हामीले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनर्जागृत गर्नुपर्छ। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधिको भूमिका अपरिहार्य छ। यसका लागि सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अ‌ङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर छ।'

    प्रधानमन्त्री ओलिले सरकारले प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेको छ, विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको बताएका छन्। विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सवलीकरण पनि उत्तिकै आवश्यक रहेको छ। प्रधानमन्त्री ओलिले भनेका छन्, यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनःसंरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ।

    प्रधानमन्त्री ओलिले सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्धन गर्न आविष्कार कोष, स्टार्टअप फण्ड जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशम उद्यम गर्न खोजिरहेका युवाहरू केन्द्रित कार्यक्रमहरूका लागि सरकारले बजेट विनियोजन गरेको छ बताएका छन्।

    देशलाई आवश्यक वैज्ञानिक खोज, अनुसन्धानमा उच्च शिक्षाका जनशक्तिहरूको उचित प्रयोग गरी तथ्य आधारित नीति, कार्यक्रमहरू निर्माण मार्फतु ज्ञानमा आधारित दिगो अर्थतन्त्रको निर्माणमा हामी केन्द्रित हुन आवश्यक रहेको समेत संदेशमा बताएका छन।

    images
    मंगलवार, आश्विन १ २०८१०६:४९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार