Jul 27 2026 | २०८३, श्रावण ११ गते

नवप्रवर्तन तथा प्रविधि अनुसन्धान र विकासको प्रस्ताव आह्वान

नवप्रवर्तन तथा प्रविधि अनुसन्धान र विकासको प्रस्ताव आह्वान

  • 486
    SHARES

  • नवप्रवर्तन तथा प्रविधि अनुसन्धान र विकासको प्रस्ताव आह्वान

    असोज, १६ गते काठमाडौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को प्रविधि स‌ङ्कायले आ.व. २०८१/८२ का लागि नेपाललाई आवश्यक पर्ने नवीनतम् प्रविधि विकास गर्न वा प्रविधिहरूलाई सुधार गर्नका लागि प्रस्ताव आह्वान गरेको छ। नाष्टले प्रतिभाशाली नेपाली नागरिकहरूको पहिचान गरी उनीहरूका नवीनता सहितको प्रविधि विकास गर्न सहकार्य गर्ने कार्यक्रम रहेको हुँदा सो प्रयोजनका लागि प्रस्ताव आह्वान गरेको हो।

    नास्ट्ले जारी गरेको सूचना अनुसार इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन (कार्यालय समय) भित्र आफूले गर्न चाहेको परियोजनाको प्रस्ताव सहितको निवेदन दिन प्रतिष्ठानको खुमलटार, ललितपुरस्थित केन्द्रीय कार्यालयको इमेल technologyfaculty.nast@gmail.com मा कार्यालय समयभित्र दर्ता गराउनुहुन सक्ने छन् ।

    हस्तलिखित प्रस्तावहरूलाई मान्यता दिइने छैन। उक्त प्रस्ताव बढीमा १५ पृष्ठ सम्मको हुनुपर्नेछ र उक्त प्रस्ताव नास्टको होम पेजमा दिइएको कार्यविधिमा उल्लिखित ढाँचा अनुसार नेपालीहरूको समस्याहरूलाई सम्बोधन गरी समाधान दिने खालको हुनुपर्ने सुचनामा उल्लेख छ।

    प्रस्तावमा उल्लेखित बजेट बढीमा रु. १०,००,०००। (अक्षरुपी रुपयाँ दश लाख मात्र) ले नबढाई गरिएको हुनुपर्नेछ। छनोट भएका प्रस्तावकहरूलाई १ वर्षको कार्य अवधि दिइनेछ । प्रस्तावकहरूले प्रस्तावको साथमा एक प्रति नागरिकताको प्रतिलिपि र बढीमा २ पृष्ठको व्यक्तिगत विवरण (बायोडाटा) पनि संलग्न गर्नुपर्ने जानकारी दिएको छ।

    प्रस्तावका लागि अनुसन्धानका प्राथमिक क्षेत्रहरू कृषि तथा खाद्य प्रविधि, ऊर्जा तथा यातायात, प्राकृक्तिक स्रोत साधनको उपयोग, विपद जोखिम न्यूनीकरणको क्षेत्रसँग सम्बन्धित समस्याहरूको समाधानका लागि आवश्यक पर्ने प्रविधिहरूको विकास गर्नु हो। अतः अनुसन्धानको उद्देश्य माथि उल्लिखित क्षेत्रहरूमा नयाँ प्रविधि विकास गर्ने वा विद्यमान प्रविधिहरूको सुधार गर्ने हुनुपर्ने उल्लेख छ। साथै यी प्रविधिहरू नेपालका विभिन्न ठाउँका जनतासमक्ष बढीभन्दा बढी उपयोगमा आउनुपर्ने र रोजगारी सिर्जना गर्ने खालका हुनुपर्नेछ।

    प्रज्ञा प्रतिष्ठानको तत्सम्बन्धी निर्देशिका अनुसार लघु सूचीमा समाविष्ट निवेदकहरूलाई मात्र सम्पर्क गरिनेछ । आवेदन फाराम र प्रस्ताव सम्बन्धी विस्तृत जानकारीका लागि यस प्रतिष्ठानको वेवसाइट https://nast.gov.np हेर्न अनुरोध गरिन्छ ।

    IMG_20241002_070518.png

     

    images
    बुधवार, आश्विन १६ २०८१०७:४७:२८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार