शनिवार, फाल्गुण १५ २०७७
तेह्रथुम १५ फागुन, फेदाप गाउँपालिका वार्ड नम्बर २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी एक करोड भन्दा बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको जनाइएको छ छ ।
विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भै विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी दिए । आगलागी हुनुका कारण बिद्धुत सर्ट हुनसक्ने प्रधानाध्यापक दुलालले बताए।
आगलागीमा परी विद्यालयका प्रशासनिक कागजात, पुराना शैक्षिक अभिलेख, शैक्षिक सामग्रीलगायत अन्य भौतिक सामग्रीसमेत जलेर नष्ट भएको छ । आगलागी मा एक करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।
राति ३ बजे लागेको आगलागी बिहान १०ः०० बजे मात्रै शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।