Oct 03 2026 | २०८३, आश्विन १७ गते

शैक्षिक अपराध

प्रधानाध्यापकले बनाए सात विद्यार्थीलाई दुई वर्षदेखि बन्धक ! अछाममा छात्रमाथि हिँसा गरेको आरोपमा शिक्षक पक्राउ !

प्रधानाध्यापकले बनाए सात विद्यार्थीलाई दुई वर्षदेखि बन्धक ! अछाममा छात्रमाथि हिँसा गरेको आरोपमा शिक्षक पक्राउ !

  • 669
    SHARES

  • प्रधानाध्यापकले बनाए सात विद्यार्थीलाई दुई वर्षदेखि बन्धक ! अछाममा छात्रमाथि हिँसा गरेको आरोपमा शिक्षक पक्राउ !

     पोखरा,  कास्की मादी गाउँपालिका ६ सयपत्री टोलस्थित भूमि आधारभूत विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर थापा मगरले घरपायक जागिर र पद जोगाउन दुई वर्षदेखि सात जना विद्यार्थीलाई बन्धक बनाएर राखेको खुलेको छ ।

    मादी नदी किनारको बाटो खनिरहेका मजदूरहरुले शिक्षक मगरले शुक्रबार कुटपिट गर्दै लछारपछार गरेको देखेर गाउँपालिका कार्यालयमा खबर गरेपछी उक्त अपराधिक घटना सार्वजनिक भएको हो ।

    मगरले विद्यालयबाट उम्किन खोजेका ती विद्यार्थीलाई कुटेर सख्त घाईते बनाएका थिए ।

    उक्त घटना सार्वजनिक भैसकेपछि  प्रहरी सहितको टोलीले घटनाबारे बुझ्दा प्रधानाध्यापक मगरले विद्यार्थीलाई बन्धक बनाएर दयनिय अवस्थामा राखेको पाइएको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

    स्थानयि विद्यार्थी नभएपछि उनले विभिन्न जिल्लाबाट विद्यार्थी ल्याएर आफ्नै घरमा राखेको पाइएको गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङलेृ बताए ।

    अध्यक्ष गुरुङका अनुसार मगरले लमजुङ, तनहुँ लगायतका जिल्लाबाट ४ देखि १४ वर्षसम्मका विद्यार्थी ल्याएर आफ्नै घरमा राखेका थिए । ‘दिउँसो विद्यालयमा हाजिर गराउने र बिहान बेलुका घरको काममा लगाउँदा रहेछन्’, अध्यक्ष गुरुङले भने, ‘बच्चाहरुलाई मल बोकाउने, बारी खन्ने काममा पनि लगाएको पायौं । खान लाउन पनि राम्रो नदिएको रहेछ ।’

    मगरले विद्यार्थीहरुलाई त्यस्तो अवस्थामा राखेको पाइएप्छि वडा प्रहरी कार्यालय राम बजार र सिल्दुजुरे प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । ४ छात्र र ३ छात्रालाई गाउँपालिका प्रहरी र गैरसरकारी संस्थाले उद्धार गरेर पोखरास्थित एक संस्थाको संरक्षणमा राखेको बताइएको छ ।

    त्यसैगरी अछाममा साँफेबगर नगरपालिका  १३ बाब्लामा रहेको राष्टीय माध्यामीक विद्यालयका शिक्षकले छात्रा माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

     इलाका प्रहरी कार्यालय ठाँटीको प्रहरी टोलीले शिक्षक देवेन्द्र बहादुर कुँवर पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय ठाँटीका सइ मदन सिंह धामिका अनुसार शिक्षक कुँवरले शनिवार पर्यटकीय क्षेत्र नैनी वनभोज गएर साँझ घर फर्किने क्रममा छात्रालाई घर पु¥याइ दिन्छु भन्दै मोटर साइकलमा राखेर लगेको र गहूबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा घटना बाहिरिएको बताए ।

    शिक्षक कुँवरलाई शनिवारनै स्थानीयले पक्रेर राखेका थिए । घटनाको बारेमा छलफल गर्न विद्यालयमा छलफलमा जुटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष,प्रधानाध्यापक,वडाध्यक्ष,अबिभावकहरुलाई बिर्धाथिले कोठामा थुनिदिएका छन् ।

    घटनाको थप अनुसन्धान भैरहेको छ ।

    यस अघि कंचनपुर र बैतडीमा समेत यस्तो घटनाहरु घटेका थिए !

    प्रतिक्रिया दिनुस् !

     

    images
    आइतवार, फाल्गुण १६ २०७७०७:३२:२७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार