सोमवार, फाल्गुण १७ २०७७
अछाम मा शिक्षकद्वारा छात्रामाथी गरिएको दुर्व्यवहारको घटनाबारे बिप्लव समूह निकट बिद्यार्थी संगठनले निकाल्यो बिग्यप्ती चेतावनी सहित बिज्ञप्ति निकालेको छ ।
वनभोज बाट फर्किने बेला त्यस विद्यालय का शिक्षक देवेन्द्र कुँवरले कक्षा १० मा अध्ययनरत छात्रा लाई घर पुर्याइ दिन्छु भनी आफ्नो मोटरसाइकलमा ल्याएर बाटोमा जबर्जस्ती र दुर्व्यवहार गरेको कुरा सार्वजनिक भएको हो।
साँफेबगर नगरपालिका वडा न. १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकहरु गत शनिवार १५ गतेका दिन पर्यटकीय क्षेत्र नैनी भन्ने ठाँउमा वनभोजका लागि गएका थिए ।
बिज्ञप्ति मा भनिएकोछ , आज विद्यालयमा अध्ययनरत छात्राहरु आफ्नै शिक्षक बाट दुर्व्यवहारमा पर्ने कुराले हाम्रो समाज कतातिर गइरहेको छ र यस बाट यो समाजमा महिला दिदीबहिनीहरु कति सुरक्षित छ्न भन्ने कुराको स्पष्ट चित्र देखिन्छ। यस घटनाको सत्यतथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कार्वाही का लागि संबंधित निकाय सङ्ग माग गर्दछौं ।
हाल ती शिक्षक लाई प्रहरी नियन्त्रणमा रहेका छ्न ।
हेर्नुस पिग्यप्तिको पूर्णपाठ सहित 