बिहिवार, फाल्गुण १ २०८१
माघ, १ गते/ काठमाडौ। काठमाडौ महानगर १६ बालाजुस्थित नेशनल मोडेल ईङ्लिस सेकेन्डरी स्कुलको १० औं वार्षिक खेलकुद महोत्सव भब्य रुपमा उद्घाटन भएको छ।

काठमाडौको उत्तरी भेगकै उत्कृष्ट र नमुना स्कुलको रुपमा स्थापित नेशनल मोडेल स्कुलले 'स्वास्थ्यका लागि खेलकुद, शिक्षाका लागि खेलकुद' भन्ने मुल नाराका साथ बिहिवार करिब एक हजार भन्दा बढी विद्यार्थीहरुको सहभागितामा बिशेष मार्चपास सहित वार्षिक खेलकुद महोत्सव (10th Sports Carnival) उद्घाटन भएको हो।

खेलकुद महोत्सवमा स्कुलका एक हजारभन्दा बढी विद्यार्थीहरुले विभिन्न खेलहरुमा सहभागी जनाउने प्रिन्सिपल डिएन अधिकारीले बताउनुभयो। खेलकुद सप्ताहमा फूटसल, भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, चेस, टग अफ वार लगाएत बालबालिकाहरुले खेल्ने विभिन्न खेलहरु खेलाइने छन्।

विद्यार्थीहरुको बहुआयामीक प्रतिभालाई प्रस्फुटन गराउने उद्धेश्यले बर्ष भरीका अतिरिक्त कृयाकलापहरुलाई समेटेर खेलकुद महोत्सव आयोजना गरिएको प्रिन्सिपल अधिकारिले बताउनुभयो। विद्यालयको शैक्षिक क्यालेण्डर अनुसार नेशनल मोडल ई. सेकेण्डरी स्कूलकले 10th Sports Carnival २०८१ फागुन ०१ गते देखि २०८१ फागुन ०६ गतेसम्म सञ्चालन गर्ने बताइएको छ।

खेलकुदबाट शारीरिक बिकास साथसाथै मानसिक बिकासमा मद्दत पुर्याउनुका साथै खेलकुद गतिविधिहरूमा सहभागी भएर विद्यार्थीहरूले आफ्नो सहकार्य, नेतृत्व विकास, आत्मविश्वास र आत्मसम्मानमा वृद्धि हुने विषयमा मद्दत पुग्ने प्रिन्सिपल डिएन अधिकारीले बताउनुभयो । खेलले मानिसको जिवनमा सकारात्मक प्रभाव संगै जीवन निर्वाह गर्न समेत सघाउ पुर्याउने भएकोले खेललाई व्यावसायिक रुपमा स्थापित गर्न स्कुल/ कलेजले खेल आयोजना गरेको प्रिन्सिपल अधिकारीको भनाई छ।

खेलकुद उद्घाटन समारोहमा प्रिन्सिपल डिएन अधिकारी, अध्यक्ष रामप्रसाद अर्याल, आर्थिक बिभाग प्रमुख दोर्ण बहादुर अधिकारी लगाएत स्थानिय समाजसेवी, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो। खेलकुद महोत्सवको उद्घाटन समारोह संचालन स्कुल कोर्डिनेटर कमल प्रसाद पोख्रेलले गर्नुभयो।

नेशनल मोडेल ईङ्लिस सेकेन्डरी स्कुल काठमाडौको उत्तरी बेल्टकै चर्चित स्कुल मानिदै आएको छ। उक्त स्कुलमा करिब हजार भन्दा बढी विद्यार्थीहरु रहेका छन। बिद्यालयले पढाइ संगसंगै विद्यार्थीहरुको शारीरिक, मानसिक, बौद्धिक लगाएत समग्र बिकासको लागि खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरुलाई समेत बिशेष जोड दिने गरेको छ।

खेलमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई आकर्षक पुरस्कार सहित सहभागी विद्यार्थीहरुको लागी २ हजार भन्दा बढी मेडल तथा प्रमाणपत्र बितरण गरिने बताइएको छ।
स्पोर्ट कार्निभल उद्घाटन समारोह बेलुनमा ब्यानर टासेर आकाशमा उडाउदै शुरु भएको थियो। साथै उक्त ब्यानर भेटाएर ल्याउने ब्यक्तिलाई सबै विद्यार्थीहरुको माझमा रु. २५ सय पुरस्कार समेत दिइने बताइएको छ।


