शनिवार, चैत्र १ २०८१
फागुन, २ गते/ काठमाडौँ । आसन्न स्ववियु निर्वाचन नजिकिए संगौ त्रिचन्द्र क्याम्पसमा स्ववियु अध्यक्षका उमेदवारले मध्यरातमा तालाबन्दी गरेका छन्।
मध्यरातिको समयमा निर्वाचन कार्यालयमा नाराजुलुस गर्दै विभिन्न विद्यार्थी समूहहरूले तालाबन्दी गरेका हुन्।
नेविसंघबाट उम्मेदवारी दिएका तर खारेजी भएपछि स्वतन्त्र उम्मेदवारी दिएका श्रीधर श्रेष्ठ र नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका विवेक बानियाँ समुहले तालाबन्दी गरेको बताइएको छ ।
उनीहरू दुवै जना पूर्व नेविसंघकर्मी हुन्। नेविसंघमा असन्तुष्टि भएपछि बानियाँले नेपाल स्वाभिमानी स्वतन्त्र विद्यार्थी संघ दर्ता गराएर उम्मेदवारी दिएका थिए । उनीहरूले निर्वाचन अधिकृतले मनोमानी ढंगले उम्मेदवारहरूको रोलक्रम मिलाएको भन्दै आपत्ति जनाएका छन्।
चुनावी कार्यतालिका अनुसार उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका प्रक्रिया पूरा भइसकेका छन्। तर, निर्वाचनको मिति नजिकिँदै जाँदा देखिएको यो विवादले चुनाव हुने नहुने भन्ने अन्योल सिर्जना गरेको छ। तर घटनास्थलमा थप तनाव नबढोस् भन्ने हेतुले सुरक्षाकर्मी परिचालन गरिएको छ ।
