आइतवार, चैत्र २ २०८१
काठमाडौ। माइल स्टोन युथ इङ्लिस स्कुलले १९औं वार्षिकोत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिवार एक सांस्कृतिक कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष तथा सभापति क्याप्टेन बिनयगिरिको सभापतित्व तथा नागार्जुन नगरपालिका वडा ७ का अध्यक्ष शैलेन्द्र लामाको प्रमुख आथित्यमा उक्त कार्यक्रम गरेको हो।

कार्यक्रममा बोल्दै नागार्जुन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र लामाले माइल स्टोन युथ इङ्लिस स्कुलले नगरपालिकाले लागू गरेको सम्पुर्ण इन्डिकेटर पार गरेको र नागार्जुन भित्रकै उत्कृष्ट बिद्यालय भएकोमा खुसी ब्यक्त गर्नुभयो। अध्यक्ष लामाले सामुदायिक विद्यालय र संस्थागतलाई भिन्न ढंगले हेर्न नहुने भन्दै शिक्षा क्षेत्रमा संस्थागत विद्यालयले गरेको काम सराहनीय रहेको बताउनुभयो।

अध्यक्ष लामाले माइल स्टोन स्कुलले वडालाई धेरै गुन लगाएको बताउनुभयो। वडाले आयोजना गर्ने सामाजिक कार्यमा स्कुल सहभागी भएर सहयोग गरेकोमा अध्यक्ष लामाले बिद्यालय परिवारलाई धन्यवाद ब्यक्त गर्नुभयो। साथै हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई १० हजार प्रदान गर्दै आएको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

उक्त कार्यक्रम बोल्दै नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुवरले नागार्जुन नगरपालिकामा संचालित संस्थागत विद्यालयमा माइलस्टोस स्कुल उत्कृष्ट रहेको बताउनुभयो। उहाँले शुल्क धेरै र टाढा पठाउदैमा गुणस्तरीय शिक्षा प्राप्त नहुने बरु न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा माइलस्टोनले दिइरहेको बताउनुभयो।

प्रमुख कुवरले २१ औं सताब्दिको जनशक्ति उत्पादन गर्ने विद्यालयहरु पालिका भित्रै रहेको भन्दै नगरपालिकाले अपाङ्गता अटिजम भएका बालबालिकाहरुको लागी समेत बिद्यालय संचालन गर्नन लागेको बताउनुभयो। सथै सिकाइ उपलब्धि हासिल गर्यो कि गरेन भन्ने कुरामा नगरपालिका लागिरहेको उहाँको भनाई छ।

कार्यक्रममा बोल्दै विद्यालय प्रिन्सिपल शिवराम गिरिले बिद्यालयको शैक्षिक गुणस्तर बढाउन लागिपरेको बताउनुभयो। २०७० देखि ११औं ब्याच एसएलसी/एसईई सत प्रतिशत विद्यार्थी उत्तीर्ण गरि ४ वर्ष काठमाडौ जिल्लाभरिमै उत्कृष्ट भएकोले माइलस्टोन स्कुललाई अभिभावकहरुले बिश्वास गरेको प्रिन्सिपल गिरिले बताउनुभयो ।

स्थानिय निकायको नियमहरु पालना गरेर विद्यालय संचालन गरेका छौ। गिरिले भन्नुभयो, 'विद्यार्थीहरुको सर्वाङ्गिण बिकासको लागि पढाईमा मात्रै नभईकन विभिन्न ECA/CCA कार्यक्रमहरु संचालन गर्ने गरेका छौ।' गत बर्षभन्दा शैक्षिक गुणस्तरलाई वृद्धि गरेको उहाँको भनाइ छ। अभिभावक, विद्यार्थी र विद्यालय मिलेर शिक्षामा सुधार ल्याउन सकिने भन्दै प्रिन्सिपल गिरिले अभिभावकहरु विद्यालय आएर घच्घच्याउनु भयोभने त्यो सल्लाह सुझाव विद्यालयको लागि महत्वपूर्ण हुने बताउनुभयो । साथै समग्र शिक्षा सुधार गर्न सामुदायिक विद्यालयको शैक्षिक बिकासमा लाग्नुपर्ने उहाँको धारणा छ।

कार्यक्रमको अन्त्यमा सभापति तथा संचालक समितिका अध्यक्ष बिनय गिरिले उपस्थित सम्पुर्ण अतिथि, अभिभावकहरुलाई धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय शिक्षाका लागि अथक मिहेनत गर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा बिशेष अतिथी नागार्जुन नगरपालिका शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुवर, अतिथी नागार्जुन नगरपालिकाका वडा ७ का सदस्य जयराम गिरि, शिक्षा साखाका प्रतिनिधि श्रीकृष्ण रेग्मी, जनहित बहुउदेश्य कृषी सहकारी संस्थाका अध्यक्ष इश्वरराज गिरि लगाएत लगाएत बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट रहेका विध्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृति झल्किने नृत्य, गायन तथा प्रहसनहरु प्रस्तुति दिएका थिए। कार्यक्रममा माघ १६ देखि १८ सम्म गरिएको खेलकुद सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणमा गरियो। कार्यक्रम बिद्यालयका सहायक प्रिन्सिपल दिनेश भट्टराईले संचालन गर्नुभयो भने इसिए प्रमुख बिन्दु गिरिले पुरस्कार वितरण कार्यक्रम संचालनमा सहयोग गर्नुभयो।








