शुक्रवार, फाल्गुण २८ २०७७
काठमाण्डौ - नेपालको शैक्षिक अवस्था खस्कदो छ । त्यसमा अझ सामुदायिक विद्यालयको अवस्था राज्यको पूर्ण लगानी हुदा समेत भर पर्ने अवस्था छैन । दक्ष शैक्षिक जनशक्ति हुदा समेत राजनीतिक अस्थिरता र अनुगमन को अभावमा सामुदायिक बिद्यालयमा अभिभावक हरुको रोजाई निजि बिद्यालय हुने गर्दछ ।
बिश्वबिद्यालय मा राजनीतिक नियुक्ति, भागबन्डा र समुहगत लडाई को कारण ब्यस्थापकिय पक्ष मात्रै कमजोर नभई नतिजा समेत राम्रो छैन ।
सामुदायिक बिध्यलायामा बालबालिकाको लागि खाजा उपलब्ध गराउने निर्णय समेतमा भ्रस्टाचार देखिन थालेको छ । यसै सन्दर्भमा सर्लाही– हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको देखिएकोछ ।
हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।
विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताए।
विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक आरोप छ।
नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ।
यता सोहि बिद्यालयका प्रधानाध्यापकले भने आफूहरुमाथि लगाइएको आरोपको खण्डन गरेकाछन । नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताए । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उनले बताए।
स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा खुवाउन रकमको व्यवस्था गरेको छ।
यति हुदा समेत कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन्।