Jul 27 2026 | २०८३, श्रावण ११ गते

बुटवल बहुमुखी क्याम्पसद्वारा विश्वव्यापी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ४८-घण्टे राष्ट्रियस्तरको ह्याकथनको आयोजना

बुटवल बहुमुखी क्याम्पसद्वारा विश्वव्यापी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ४८-घण्टे राष्ट्रियस्तरको ह्याकथनको आयोजना

  • 663
    SHARES

  • बुटवल बहुमुखी क्याम्पसद्वारा विश्वव्यापी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ४८-घण्टे राष्ट्रियस्तरको ह्याकथनको आयोजना

    बुटवल, रूपन्देही — लुम्बिनी प्रदेशस्थित बुटवल बहुमुखी क्याम्पसले राष्ट्रियस्तरको ह्याकथन कार्यक्रम “BMC InnovateX” आयोजना गर्न लागेको छ। क्याम्पसले विश्वव्यापी नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ४८-घण्टे राष्ट्रियस्तरको ह्याकथनको आयोजना गर्न लागेको हो।

    CSIT of Butwal Multiple Campus को आयोजनामा, क्याम्पसकै औपचारिक प्रस्तुतीमा, र Grace International Butwal को "Powering Partner" को रूपमा, यो प्रविधि महोत्सव २०८२ साल जेठ २५ देखि २७ (२०२५ मे ८ देखि १०) सम्म बुटवल बहुमुखी क्याम्पसको हलमा सञ्चालन हुनेछ।

    BMC InnovateX भनेको के हो?

    BMC InnovateX केवल प्रविधिको प्रतिस्पर्धा होइन—यो एक सहकार्यमा आधारित नवप्रवर्तन म्याराथन हो, जसमा कोडर, डिजाइनर, डेभलपर, र नवप्रवर्तनकारी युवाहरूले ४८ घण्टाभित्र आफ्नो विचारलाई प्रोटोटाइपमा परिणत गर्छन्। प्रविधिको प्रयोगमार्फत वास्तविक जीवनका समस्याहरूको समाधान खोज्ने उद्देश्यले, यो कार्यक्रम नवसृजनाको अन्तर्राष्ट्रिय मञ्चको अनुभूति दिनेछ।

    BMC InnovateX को समयावधि ४८ घण्टा हुनेछ । भने यसको मुख्य नारा “Think Big, Innovate Bigger” हुनेछ। BMC InnovateX आगामी जेठ २५-२७ गतेसम्म बुटवल बहुमुखी क्याम्पस, गोलपार्क–०३, बुटवलमा हुने छ। यसको पुरस्कार राशिः कुल १ लाख रुपैयाँभन्दा बढी हुने छ। जसमा पहिलो पुरस्कार: रु ५०,०००, दोस्रो पुरस्कार: रु ३०,०००, तेस्रो पुरस्कार: रु १५,०००, विशेष श्रेणी पुरस्कारहरू: रु ७,५०० र रु ५,००० सहित प्रमाणपत्र र पदक सबै विजेता टिमहरूलाई प्रदान गरिनेछ।

    प्रतिस्पर्धी टिमहरू:

    १५ वटा उत्कृष्ट टिमहरू ग्रान्ड फिनालेमा सहभागी हुनेछन्, जहाँ उनीहरूले कोडिङ, नवप्रवर्तन, र आफ्नो समाधानलाई जजहरू समक्ष पिच गर्नेछन्। उमेर सीमा: १६ देखि २७ वर्ष खुला: स्नातक तहसम्म अध्ययनरत कुनै पनि सङ्कायका विद्यार्थीहरू सहभागी हुनपाउने छन्।

    कार्यक्रमको संरचना:

    कार्यक्रमको सुरुमा Ideathon Round हुनेछ, जहाँ सहभागीहरूले आफ्ना सिर्जनात्मक विचारहरू पठाउनेछन्। त्यसपछि, उत्कृष्ट १५ टिमहरू छनोट गरी बुटवलमा आयोजना हुने On-site Hackathon मा सहभागी बनाइनेछ। त्यहाँ उनीहरूले ४८ घण्टा लगातार कोडिङ, निर्माण र पिच प्रस्तुत गर्नेछन्।

    दर्ता विवरण:

    अनलाइन चरणः निःशुल्क हुनेछ । अनसाइट चरण (छनोट गरिएका टिमहरूको लागि): प्रति टिम रु ३,००० तिरि २०८२ जेठ १ सम्म दर्ता गर्नसक्ने छन्। दर्ताको https://forms.gle/aEWGMtuE9ukRQHtv7 बाट गर्न सक्ने छन। भने यसको बिस्तृत https://innovatex.csitabmc.com हेर्न सकिने जानकारी दिइएको छ।

    बिस्तृत जानकारीको ललागी सम्पर्क: फोन: +९७७ ९८४११४८१४९ इमेल: innovatex@csitabmc.com

    BMC InnovateX नेपालमा प्रविधिको बढ्दो माहोलमा एक ऐतिहासिक पाइला सावित हुन गइरहेको छ। यसले विद्यार्थी, स्टार्टअप र प्रविधि पेशेवरहरूलाई एउटै मञ्चमा ल्याउँदै, सहकार्य र कोडिङको माध्यमबाट नवप्रवर्तनलाई अगाडि बढाउने लक्ष्य राखेको छ।

    images
    आइतवार, बैशाख ७ २०८२०९:१४:२४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार