Jul 27 2026 | २०८३, श्रावण ११ गते

सुदूरपश्चिम बिश्वबिद्धालय

सू.प. बिश्वबिद्धालयका पदाधिकारी कार्यलय प्रवेश निषेध : सवारीसाधन विद्यार्थीको कब्जामा !

सू.प. बिश्वबिद्धालयका पदाधिकारी कार्यलय प्रवेश निषेध : सवारीसाधन विद्यार्थीको कब्जामा !

  • 723
    SHARES

  • सू.प. बिश्वबिद्धालयका पदाधिकारी कार्यलय प्रवेश निषेध : सवारीसाधन विद्यार्थीको कब्जामा !

    सुदुरपश्चिम विश्वविद्यालयले गरेको शुल्क वृद्धि का विरुद्धमा विश्वविद्यालयका सम्पुर्ण पदाधिकारीहरु लाई केन्द्रिय कार्यालयमा प्रवेश निषेध गरिएको छ ! साथै विद्यार्थीहरु द्वारा पदाधिकारी को सवारी साधान समेत कब्जा लिएको छ।

    विद्यार्थीले विश्वविद्यालय केन्द्रीय क्याम्पससहितका आंगिक क्याम्पसमा समेत बृद्धि गरिएको शैक्षिक शुल्क फिर्ता हुनुपर्ने माग गर्दै पदाधिकारीलाई निषेध गर्दै सवारीसाधन समेत नियन्त्रणमा लिएका छन्।

    विद्यार्थी श्रोतका अनुसार विश्वविद्यालयका उपकुलपती अमरराज जोशी, निमित्त रजिष्टार गोविन्द बिष्ट लगायतका सबै पदाधिकारीलाई कार्यालय प्रवेशमा निषेध गर्दै उनीहरुले प्रयोग गर्ने ४ ओटा सवारी साधनका चाबी समेत नियन्त्रणमा लिइएको बताए।

    साथै विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आवद्ध विभिन्न ७ विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शुल्क फिर्ता नहुँदा सम्म आफूहरुको संघर्ष जारी रहने समेत उल्लेख गरेका छन्। FB_IMG_1616160069850.jpg

    images
    शुक्रवार, चैत्र ६ २०७७०९:५६:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार