सोमवार, आषाढ २ २०८२
२ असार, काठमाडौँ । Students' Association of Computer Science - SACS का पदाधिकारीहरु मार्फत कम्प्युटर विज्ञान तथा सूचना प्रबिधि (CSIT) विषय भित्रका अनियमितता र समस्या हरुलाई उजागर गर्दै IOST का डिन समक्ष ज्ञापन पत्र पेश गरेका छन्।
विशेषगरी BSc.CSIT कार्यक्रम सञ्चालन गरिरहेका कलेज/क्यम्पसहरुमा BScCSIT सञ्चालन कार्यविधि मा उल्लेख भए अनुरूप MSc.CSIT स्नातक पूर्ण कालिन शिक्षकलाई मात्रै कार्यक्रम संयोजकको रूपमा नियुक्त गरिनुपर्ने नियम विपरीत कार्यक्रम संचालित भइरहेकोले उक्त कार्यविधि अक्षरश: पालना गर्नुपर्ने मागपत्र पेश गरिएको हो।
मागपत्रका विषयमा छलफल गर्ने क्रममा IOST (Institute Of Science & Technology) डिन मार्फत विषयको गाम्भीयर्ता महसुस गर्दै निकट भविष्यमा परिणाम सहितका कदमहरु चालिने आश्वासन व्यक्त गरिएको छ।
यस विषयले नेपालका सम्पूर्ण सि.एस.आइ.टि कार्यक्रमको गुणस्तर वृद्धिमा प्रत्यक्ष सरोकार राख्ने हुँदा उक्त माग सि.एस.आइ.टि. कार्यक्रमसँग सरोकारवाला पक्षहरुलाई SACS द्वारा अपील गरिएको छ।
यस्तो छन् चार बुँदे मागहरूः
१ BSc.CSIT सञ्चालन कार्यविधी अनुसार सम्बन्धित संस्थाले पौच वर्षभित्र MSc.CSIT स्नातक शिक्षक तथा योग्य कार्यक्रम संयोजक नियुक्त गर्नुपर्ने व्यवस्था यथाशिघ्र कार्यान्वयनमा ल्याइनु पर्ने।
२) BSC.CSIT कार्यक्रम संयोजक पदका लागि न्यूनतम योग्यता MSc.CSIT मात्रै हुने व्यवस्था गर्नुपर्ने।
३) कम्प्युटर विज्ञान उप-प्राध्यापक (खुला) पद (वि.नं. ११८५/०८१-०८२) को लागि न्यूनतम योग्यता MSc.CSIT हुनुपर्नेछ वा समकक्षताका विषयमा MSc.CSIT र MSc.CS सरहको स्पष्ट रूपमा समकक्षता उल्लेख गरिनुपर्ने।
४) सूचना प्रविधि उप-प्राध्यापक (खुला) पद (वि.नं. १२०२/०८१-०८२) को लागि न्यूनतम योग्यता MIT का MSCCSIT हुनुपर्नेछ र "वा सो सरह" को समकक्षताका सन्दर्भमा MIT वा MSC.CSIT सरहको स्पष्ट रूपमा उन्लेख गरिनुपर्ने।
माथि उल्लेखित मागहरु MSc. CSIT विद्यार्थीहरुमा प्रत्यक्ष रुपमा सरोकार रहनेहुदा यी मागहरु सम्बन्धित निकायबाट पथाशीघ्र कार्यान्वयन गर्न गराउनुहुन SACS द्वारा जोडदार माग गरिन्छ।
