Jul 27 2026 | २०८३, श्रावण ११ गते

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

  • 549
    SHARES

  • काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान

    साउन, १७ गते - काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः आह्वान गरेको छ। महानगरपालिकाले प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः अनलाइन आवेदन खुलाइएको हो ।

    शुक्रबार एक सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन चाहने विद्यार्थीले साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न सक्ने छन्। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो।

    ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि 'ऱ्यापअप' का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।

    FB_IMG_1754116190793.jpg

    images
    शनिवार, श्रावण १८ २०८२१२:४०:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार