Jul 27 2026 | २०८३, श्रावण ११ गते

मेटाद्वारा दर्ताको लागि आवश्यक कागजात माग।

मेटाद्वारा दर्ताको लागि आवश्यक कागजात माग।

  • 744
    SHARES

  • मेटाद्वारा दर्ताको लागि आवश्यक कागजात माग।

    भदौ, १९ गते/ काठमाडौँ । फेसबुक सञ्चालक संस्था Meta ले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम पराजुलीलाई इमेल गरेर कागजातको विवरण माग गरेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जानकारी दिए।

    यस लगत्तै दर्ता तथा सूचीकरणका लागि चाहिने विवरणको इमेल मेटा कम्पनीलाई पठाइएको बताइएको छ।

    ‘मेटाको सिंगापुरमा कार्यरत एक जना अन्सारी थरको कर्मचारीले मन्त्रीज्यूको पीएलाई सम्पर्क गरेर दर्ता तथा सूचीकरणका लागि के-के डकुमेन्ट चाहिन्छ भनेर जानकारी माग्नुभएको रहेछ । मन्त्रीज्यूको पीएले हामीलाई दर्ता तथा सूचीकरणका लागि चाइने विवरण पठाइदिन भन्नुभएपछि हामीले तत्काल इमेल गरेर ५ मिनेटमा आवश्यक पर्ने विवरणबारे इमले पठाइसकेका छौ, ठाकुरले भने।

    मन्त्रालयले अघि साँझ ५ बजेति इमेल गरेको प्रवक्ता ठाकुरको भनाई छ ।

    images
    बिहिवार, भाद्र १९ २०८२०६:५५:३६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार