Jul 27 2026 | २०८३, श्रावण ११ गते

सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार जोशीद्वय नियुक्त

सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार जोशीद्वय नियुक्त

  • 289
    SHARES

  • सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार जोशीद्वय नियुक्त

    कैलाली । धनगढीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गरेको छ।

    मंगलबार सहकुलपति तथा शिक्षामन्त्री महाविर पुनको अध्यक्षतामा बसेको सभा बैठकले उपकुलपति र रजिस्ट्रारमा जोशीद्वय्लाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

    पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा ३ सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरिएको थियो ।

    उक्त समितिले उपकुलपतिका लागि २ जना र रजिष्ट्रारका लागि १० जनाको आवेदन परेकोमा नियुक्तिका लागि सिफारिस समितिले उपकुलपतिमा सुनिलकुमार जोशीको नाम एकल सिफारिस गरेको थियो भने रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस भएका थिए ।

    उपकुलपतिका लागि तेस्रो पटक दरखास्त माग गरेपछि मात्र आवेदन परेको थियो । ती मध्ये पनि १ जनाको दरखास्त योग्यता नपुगेको भन्दै समितिले रद्ध गरेको थियो ।

    गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको पठनपाठन थाल्न विश्वविद्यालय स्थापना र सञ्चालनको तयारी भइरहेको छ ।

    images
    मंगलवार, पौष २२ २०८२०९:०१:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार