Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रथम हिसान प्रेसिडेन्ट कप बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

प्रथम हिसान प्रेसिडेन्ट कप बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

  • 333
    SHARES

  • प्रथम हिसान प्रेसिडेन्ट कप बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

    काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौं जिल्ला समितिको आयोजनामा प्रथम हिसान प्रेसिडेन्ट कप बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगिता–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ। शनिवार बसुन्धारास्थित ॠत एकेडेमीमा बास्केटबल प्रतियोगिताको फाइनल खेलहरु सहित पुरस्कार वितरण गर्दै उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    IMG-20260207-WA0013.jpg

    बास्केटबल प्रतियोगितामा छात्रा तर्फको बास्केटबल प्रतियोगितामा गोल्डेनगेट इन्टरनेशनल कलेजले उपाधि जित्न सफल भएको छ भने जेसिस इन्टरनेशनल बोर्डिङ स्कुल उपविजेता बनेको छ। फाइनल खेलमा गोल्डेनगेट कलेजले जेसिस स्कुललाई २९–९ को फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको थियो।

    IMG-20260207-WA0064.jpg

    त्यसैगरी छात्र तर्फको बास्केटबल प्रतियोगितामा लालीगुराँस नेसनल एकेडेमी विजेता बनेको छ भने टाइम्स कलेज उपविजेता भएको छ। प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश २५ हजार र १५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो।

    IMG-20260207-WA0090.jpg

    छात्रा तर्फ ८ टिम र छात्र तर्फ १६ टिमको सहभागिता रहेको यस प्रतियोगिताले खेलकुदमार्फत प्रतिस्पर्धा र मित्रताको सन्देश प्रवाह गरेको छ।

    त्यसैगरी कलेज तथा विद्यालय प्रिन्सिपल तर्फ ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएको थियो। त्यसैगरी, कलेज प्रमुखहरूबीच आयोजित ब्याडमिन्टन प्रतियोगितामा भेनस नेसनल कलेज, जोरपाटीका प्रिन्सिपल कृष्ण गौतम प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। एन्जल्स हार्ट स्कुल तथा कलेज, तारकेश्वरका प्रिन्सिपल धनबहादुर पुन दोस्रो स्थानमा रहनुभएको थियो। प्रतियोगितामा २४ जना कलेज तथा विद्यालय प्रमुखहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

    IMG-20260207-WA0120.jpg

    समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि तथा हिसान केन्द्रीय समितिका अध्यक्ष युवराज शर्माले खेलकुद शिक्षाको अभिन्न अंग भएको उल्लेख गर्दै विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासमा यस्ता प्रतियोगिताको ठूलो भूमिका रहने बताउनुभयो। उहाँले हार र जित दुवैलाई सहज रूपमा स्वीकार गर्दै जीवनलाई परिष्कृत बनाउन खेलकुदले सिकाउने मूल्यहरू अत्यन्त महत्वपूर्ण रहेको धारणा राख्नुभयो।

    IMG-20260207-WA0039.jpg

    हिसान महासचिव रामहरी सिलवालले खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्र निर्माणका लागि पनि आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूमा अनुशासन, सामूहिकता, धैर्य, साहस र मानवताजस्ता गुण विकास गराउनु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    प्रतियोगिता पुरस्कार वितरण कार्यक्रमको सभापति हिसान काठमाडौँ जिल्ला अध्यक्ष जेसिका चेम्जोङले गर्नुभएको थियो। उक्त प्रतियोगिताको संयोजक हिसान काठमाडौ जिल्ला सहसचीव कृष्ण गौतमले गर्मुभएको थियो। भने कार्यक्रम संचालन हिसानका काठमाडौँ जिल्ला सचिव लकस श्रेष्ठले गर्नुभयो ।  कार्यक्रममा हिसानका वरिष्ठ उपाध्यक्ष स्वागत श्रेष्ठ, लगाएत उपाध्यक्षहरु जिल्ला वरिष्ठ उपाध्यक्ष गोपिराज पराजुली, ऋषि न्यौपानेलगायतको विशेष उपस्थिति रहेको थियो।

    IMG-20260207-WA0123~2.jpg

    हिसानले शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक कार्य तथा करिअर विकाससँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै खेलकुदको माध्यमबाट शैक्षिक उपलब्धि अभिवृद्धि र असल नागरिक उत्पादन गर्ने सामाजिक दायित्व निर्वाह गरिरहेको आयोजकले स्पष्ट पारेको छ।

    IMG-20260207-WA0028~2.jpg

    IMG-20260207-WA0132.jpgIMG-20260207-WA0111.jpgIMG-20260207-WA0095.jpg

    images
    शनिवार, माघ २५ २०८२०९:३८:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार