Oct 03 2026 | २०८३, आश्विन १७ गते

बागमती विश्वविद्यालयले परीक्षा सकिएको सात दिनमै सार्वजनिक गर्‍यो पहिलो सेमेस्टरको नतिजा

बागमती विश्वविद्यालयले परीक्षा सकिएको सात दिनमै सार्वजनिक गर्‍यो पहिलो सेमेस्टरको नतिजा

  • 374
    SHARES

  • बागमती विश्वविद्यालयले परीक्षा सकिएको सात दिनमै सार्वजनिक गर्‍यो पहिलो सेमेस्टरको नतिजा

    बागमती । बागमती विश्वविद्यालयले आफ्ना तीनवटै संकायअन्तर्गत सञ्चालित स्नातक तहको पहिलो सेमेस्टर परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको सात दिनमै सार्वजनिक गरेको छ।

    विश्वविद्यालयले गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई समयसापेक्ष, प्रभावकारी र विद्यार्थीमैत्री बनाउने उद्देश्यअनुरूप छोटो अवधिमै नतिजा सार्वजनिक गरिएको विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए।

    विश्वविद्यालयले एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायअन्तर्गत स्नातक तहको अध्ययन–अध्यापन सुरु गरेको थियो। हाल ती तीनवटै संकायको पहिलो सेमेस्टर परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

    विश्वविद्यालयका अनुसार व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत, विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत तथा शिक्षा तथा सामाजिक विज्ञान संकायमा ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

    समयमै परीक्षाफल प्रकाशन गर्न सफल भएको विश्वविद्यालयले आगामी दिनमा पनि शैक्षिक गतिविधिलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

    images
    बुधवार, आषाढ १७ २०८३०७:४९:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार