Oct 02 2026 | २०८३, आश्विन १६ गते

कहाँ चुक्दैछन् परिवार, समाज अनि विद्यालय ?

सामाजिक अपराध को पराकाष्ठा अनि बिक्रान्त समाज

सामाजिक अपराध को पराकाष्ठा अनि बिक्रान्त समाज

  • 508
    SHARES

  • सामाजिक अपराध को पराकाष्ठा अनि बिक्रान्त समाज

    कहाँ चुक्दैछन् परिवार, समाज अनि विद्यालय ?

    - बाबुराम गौतम

    प्राचार्य, द सनसाइन स्कूल/कलेज

    आज समाज यति निर्दयी र बर्बर भएको छ, न त कहीँ कतै मानवता छ न त कतै दया, माया र करुणा । समाज परिवार र सिङ्गो परिवेश नै सामाजिक सञ्जालले प्रभावित छ । सामाजिक सञ्जालबाट नियन्त्रित र निर्देशित छ । सामाजिक सञ्जालभरि कतै हँसिमजाक छ त कतै रोदन, चित्कार र हाहाकार केवल समाजमा घटेका केही नाबालिकाका बलात्कार, हत्या जस्ता पाशविक घटना हुन् ।

    बालबालिका तथा महिला विरुद्धका अपराधिक घटनाको फेहरिस्त हेर्दा २०८१/८२ को तुलनामा २०८२।२०८३ मा दोब्बर बढेको देखिन्छ । अझ विकराल अवस्था के हो भने १० वर्ष मुनिका बालिका बलात्कार एवं हत्या २०८१-८२ मा २७६ (प्रहरीमा दर्ता) भएकोमा २०८२।८३ मा हालसम्म २२५ नाघिसकेको छ । अर्थात् प्रत्येक वर्ष औसत २५०-३०० बालिका बलात्कारको शिकार भएको प्रमाण प्रहरीमा दर्ता भएका उजुरीको आधारमा प्रमाणित हुन्छ ।

    प्रहरीको रिपोर्टको आधारमा हेर्दा २०८२।८३ मा १८ वर्षमुनिका ७५१० बालिका बलात्कारको शिकार भइसकेको तथ्य पाइन्छ । पछिल्लो सबैभन्दा कहालीलाग्दो घटना ३ वार्षिया गरिमा-चौधरी, जसको २०८३ भाद्र ५ गते लास प्राप्त भयो । बारा-जीतपुर सिमरा-१ निवासी नानु चौधरी बलात्कार एवं हत्याको शिकार बनिन् ।

    त्यस्तै- २०८३ साउन ६ गते मकवानपुर, गढी-७ थोपाते टारमा १० वार्षिया बालिका बलात्कृत, साउन ८ गतेनै मालिका गाउँपालिका-८ म्याग्दीमा १८ वर्षिया बालिका बलात्कृत, साउन २५ गते पाँचखपन-८ सुनरवानी संखुवासभामा १५ वर्षिया बालिका बलात्कृत, भदौ ३ मा मोरङमा १३ वर्षिया बालिका बलात्कृत, साउन १२ मा चाबहिलमा ३ किशोरीमाथि सामूहिक बलात्कार पछिल्ला ज्वलन्त पाशविक अपराधका ६ घटनाहरू हुन् । जसले नेपाली समाज र आम नागरिक पाशविक युगमा बाँचिरहेका छन् वा आधुनिक युगको व्यभिचार हो भन्ने आभास हुन्छ ।

    यी आरोपित घटनाहरूको बहस गर्दै गर्दै चितवनमा आफ्नै बाबुबाट बलात्कृत भएकी छोरी अनि दुईवर्षकी बालिकाको बलात्कारको अर्थहीनताले हाम्रो समाज, परिवार र राज्य कता जाँदैछ ? के यहाँ सुरक्षित शासन व्यवस्था नहुँदा छोरी-चेली सुरक्षित छन् भन्ने प्रश्नले आम नेपालीलाई पोलेको छ ।

    अझ भन्नेहो भने यी पाशवत घटनाका आरोपी हुन्, सबै नाबालिग वा अन्य पारिवारिक सदस्यहरूको सहभागिता देखिन्छ । यसले जहिल्यै प्रश्न खडा गरेको छ । छोरी चेली कहाँ र महिलाहरू कहिले सुरक्षित छन् ? न घर न अफिस, न आफन्त न समाज, न परिवार । जताततै महिला बलात्कारको शिकार हुनुपुगेको प्रमाणहरू देखिन्छ ।

    यी सबै घटनाका फेहरिस्तहरू हेर्दागर्दा नेपाली समाज अझै पाशविक युगमै देखिन्छ । अझ भनौँ प्रतिसत्तात्मक समाजमा, पुरुषप्रधान सत्ताले पुरुषलाई जे गर्न पनि छुट छ भन्ने आभास दिलाउँछ ।

    कतै बाबुआमा, परिवार अनि समाज अनि विद्यालय आधारभूत मूल्य मान्यता सिकाउन चुकेका त होइनौँ वा हामीले छोरीलाई लाज, डर, इज्जत र संस्कार सिकाउँदै गर्दा छोरालाई पनि आत्मसम्मान, इज्जत र सामाजिक मूल्य मान्यता सिकाउन चुकेका त हैनौँ ?

    अर्को तर्फ पोर्न र यौनजन्य मामलामा युवा वा वयस्कहरू आफूलाई नियन्त्रण गुमाइरहेको देखिन्छ । कतै हामी विद्यालय तहदेखि पोर्न तथा यौनिक शिक्षाका कक्षाहरू दिन नसकेका वा पाठ्यक्रममा समावेश गर्न नसकेको परिणाम होइन यी जघन्य अपराधिक घटनाहरू ?

    अर्कोतर्फ फितलो कानुनी व्यवस्था  हुँदा आपराधिक मानसिकता फस्टाउँदै गएको देख्न सकिन्छ । अब वर्तमान कानुन परिमार्जन गरेर भएपनि सम्पूर्ण आपराधिक मानसिकता भएका युवाहरूलाई तह लगाउन नसकेमा आगामी दिनमा छोरी चेली सुरक्षित हुन नसक्ने र यस्ता बलात्कारका घटना न्यूनीकरण गर्न सकिँदैन कि ?

    images
    बुधवार, भाद्र १० २०८३०८:३६:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार