मंगलवार, पौष २७ २०७८
पुस, २७ । काठमाडौ - त्रिभुवन बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्ययन संस्था डिनको कार्यलयले चार बर्षे स्नातक तह B.Sc.CSIT. को प्रवेश परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ।
बिश्वबिद्धालयले एक सूचना प्रकाशित गर्दै बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा बिज्ञान तथा सूचना प्रबिधि (B.Sc.CSIT.) बिषयको प्रवेश परिक्षाको तालिका प्रकाशित गरेको हो।
बिश्वबिद्धालयले जनाए अनुसार मिति २०७८ माघ २२ गते शनिबार दिनको १२:०० बजे देखि २:०० बजे सम्म परिक्षा हुने जनाएको छ।

