Nov 19 2026 | २०८३, मंसिर ४ गते

गोकर्णेश्वर लाइट एकेडेमीमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुने

गोकर्णेश्वर लाइट एकेडेमीमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुने

  • 597
    SHARES

  • गोकर्णेश्वर लाइट एकेडेमीमा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता हुने

    काठमाडौं । गोकर्णेश्वर लाइट एकेडेमीले विद्यार्थीको बौद्धिक क्षमता, तार्किक सोच र समसामयिक विषयवस्तुप्रतिको ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

    गोकर्णेश्वर–४, माकलबारीस्थित विद्यालयको प्राङ्गणमा मङ्सिर १८ र १९ गते ‘GLA Quiz Mania Season-V’ आयोजना हुन लागेको हो। प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

    प्रतियोगितामा प्रत्येक विद्यालयबाट कम्तीमा एक छात्रासहित तीन जनाको एउटा समूह सहभागी हुनुपर्नेछ। सहभागी विद्यार्थीले विद्यालय पोसाक र परिचयपत्र अनिवार्य रूपमा ल्याउनुपर्ने आयोजकले जनाएको छ।

    प्रतियोगितामा नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित, विज्ञान तथा प्रविधिलगायत विषयका पाठ्यपुस्तकमा आधारित प्रश्नका साथै भूगोल, इतिहास, राजनीति, खेलकुद, साहित्य, कला, संस्कृति, धर्म, वातावरण, स्वास्थ्य, अर्थतन्त्र र समसामयिक विषय समेटिनेछन्। त्यस्तै, विज्ञान तथा प्रविधि, सामाजिक सञ्जालका चर्चित विषय र बौद्धिक क्षमता परीक्षण गर्ने प्रश्नसमेत समावेश गरिनेछ।

    प्रतियोगिताको पहिलो चरणमा जनरल राउन्ड सञ्चालन हुनेछ। त्यसबाट प्रत्येक समूहका उत्कृष्ट दुई विद्यालय अर्को चरणमा प्रवेश गर्नेछन्। त्यसपछिका चरणमा जनरल, बजर, टपिक सिलेक्सन, अडियो भिजुअल, मेक योर च्वाइस र र्‍यापिड फायर राउन्ड सञ्चालन गरिने आयोजकले जनाएको छ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। फाइनल चरणमा पुग्ने अन्य समूहलाई पनि सिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

    प्रतियोगितामा सहभागी हुन प्रतिविद्यालय चार हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ। विद्यालयमा मङ्सिर ७ गते शुक्रबार दिउँसो ४ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। प्रतियोगिता बिहान ९ः३० बजे सुरु हुनेछ। आयोजकका अनुसार सहभागी विद्यार्थी तथा शिक्षक प्रतिनिधिका लागि खाजाको समेत व्यवस्था गरिएको छ।

    कार्यक्रमबारे थप जानकारी तथा सहभागिताका लागि कार्यक्रम संयोजक मधुसुदन ढुङ्गाना (९८४३१९३०७१) र सञ्जय खनाल (९८४९७०७५७०) लाई सम्पर्क गर्न सकिनेछ।

    Screenshot_2026-11-18-19-54-56-69_40deb401b9ffe8e1df2f1cc5ba480b12~2.jpg

    images
    बुधवार, मंसिर ३ २०८३०८:१०:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार