बुधवार, पौष २८ २०७८
काठमाडौ - झण्डै डेढ दशक देखि निरन्तर शिक्षण पेशामा योगदान पुर्याउदै आएका राहत शिक्षकहरुले आज सम्म पुस २९ सम्म आफ्ना माग सम्बोधन नभए शिक्षक सेवा आयोगको कार्यालयमा तालाबन्दी गर्ने र परीक्षा केन्द्रहरूमा अवरोध गर्ने बताएका छन् ।
शिक्षकसेवा आयोगले तीन वटै तहमा खोलेको बिज्ञपन र त्यसमा लागू गरिएको उमेर हद बिषयमा गंभिर ध्यानाकर्षण भई तत्काल हटाउन माग गरेका हुन्।
एक बिज्ञप्ति जारी गर्दै उमेर हदका कारण डेढ दसक भन्दा अगाडि देखि कार्यरत अस्थायी प्रकृतिका शिक्षकहरु अहिले परिक्षामा सामेल हुन बाट बन्चित गरिएको छ। उमेर हदकै कारण आयोगमा लड्न नपाउनु आफ्नो योग्यता, क्षेमता र सिपको मापन गर्न नओआउनु दुखद भएको भन्दै तत्काल उमेर हद हटाइ आयोगको परिक्षा मा समाबेश गराउनु पर्ने माग गरेको छन् ।
नेपाल राहत शिक्षक केन्द्रिय समितिले मिति २०७८ पुस २९ गते सम्म अल्टिमेटम दिदै मग सम्बोधन नभए शिक्षक सेवा आयोगमा ताला बन्दी गर्ने र आयोगले लिएको परिक्षा मा आबरोध पुर्याउने समेत चेतावनी दिएको छ।
