Jul 27 2026 | २०८३, श्रावण ११ गते

अस्थायी करार शिक्षकले शिक्षामन्त्रीलाइ बुझाए, ज्ञापनपत्र आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग।

अस्थायी करार शिक्षकले शिक्षामन्त्रीलाइ बुझाए, ज्ञापनपत्र आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग।

  • 849
    SHARES

  • अस्थायी करार शिक्षकले शिक्षामन्त्रीलाइ बुझाए, ज्ञापनपत्र आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग।

    काठमाडौं – अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा आफूहरुलाई सहभागी गराउन माग गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छन्।

    समितिकी अध्यक्ष अनिता थापा लगायतको टोलीले मन्त्री पौडेललाई भेटेर ज्ञापनपत्र बुझाएको हुन्। आफूहरुले पटकपटक स्थायी प्रक्रियामा लान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराएको अध्यक्ष थापाले बताइन्।

    २०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको आरोप छुट अस्थायी करार संघर्ष समितिको छ।

    नयाँ खुला विज्ञापनसँगै उनीहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले यसतर्फ सरकारको ध्यान पुर्‍याउन शिक्षक महासंघसहितको पहलकदमीमा उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

    समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई संघीय शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न समेत माग गरेको छ। देशभरका छुट अस्थायी करार शिक्षकले विगतदेखि स्थायीको प्रक्रियामा लान माग गर्दै आन्दोलन गर्दै आएका छन्।

     

    images
    बुधवार, पौष २८ २०७८०३:४३:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार