सोमवार, माघ ३ २०७८
थम्मन थापा, बागलुङ माघ ३ - गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका ९ वर्षिय बालकले आफनो जन्मदिनको सुखद अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका छन ।
सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका सुपुत्र बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर थापाले जानकारी दिनुभयो । कोभिड १९ ओमिक्रोन विश्व व्यापी रुपमा फैलिएकोले केहि दिन देखि विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यार्थीलाई विद्यालयमा आमन्त्रण गरेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले बताउनु भयो ।
प्रवासमा रहेका थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीको भविष्यको लागि परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बिनम्र थापाले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले शैक्षिक सामाग्री वितरण गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।
जन्मदिनको सुखद अवसर पारेर थापाले प्रगति आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी कक्षा ७ का समिर चोखाल, समिता विश्वकर्मा, कक्षा ६ का सुवास थापा, कक्षा ४ का विवेक विश्वकर्मा, कक्षा ३ का सुवास केसी, कक्षा युकेजीका शिवान्या थापा, अश्मी विश्वकर्मा र कक्षा एलकेजीका प्रवेश परियारलाई उक्त शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिनुभयो । विद्यालय कोभिडका कारण बन्द भएको हुँदा ४ जना विद्यार्थीको शैक्षिक सामाग्री पछि हस्तान्तरण गरिने प्रधानध्यापक थापाले बताउनु भयो ।
शैक्षिक सामाग्री सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले विद्यालयमा पुगेर विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ । शैक्षिक सामाग्री हस्तान्तरण पछि बोल्दै अध्यक्ष थापाले विद्यार्थीहरुलाई आगामी दिनमा शैक्षिक गुणस्तर प्रभावकारी बनाउन अनुरोध गर्नुभएको थियो प्रवास बाट सानो बाबुले गरेको यो परोपकारी कामको उहाँले प्रशंशा समेत गर्नुभयो । यस्ता उदाहरणिय कार्यले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने उहाँले बताउनु भयो ।
शैक्षिक सामाग्री सहयोगी थापाका पिता दुर्गा बहादुर थापा विद्यालयका सहयोगदाता समेत हुनुहुन्छ । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा लामो समय देखि कर्म गरिरहेका युवा समाजसेवी थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरुमा आर्थिक सहयोग गर्दै आईरहनुभएको छ । कार्यक्रममा प्रगति आधारभुत विद्यालयका शिक्षकको उपस्थिती रहेको थियो । #जापान बाट थम्मन थापाले हाम्रो मिडियाको मेल मा पठाएको जस्ताको तेस्तै ।