मंगलवार, माघ ४ २०७८
भक्तपुर - विश्वविद्यालय अनुदान आयाेग, सानाेठीमी भक्तपुरले न्यून आय भएका डाेम, वादी,चमार र मुसहर जातिका विद्यार्थीलाइ इन्जिनियरिङ र चिकित्साशास्त्र विषयमा स्नातक तह अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी जरूरी सूचना प्रकाशित गरेको छ।
आयोगले नेपाल सरकार बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट न्यून आय भएका दलित समुदायको अत्यन्तै पछाडि परेका डोम, बादी, चमार र महसुर जातिका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षामा स्नातक तहको लागि नि:शुल्क छात्रवृत्तिको लागि सूचना प्रकाशित गरेको हो।
उल्लेखित समुदायको पहुच बिस्तारकोलागी त्यस्ता समुदायका विद्यार्थीलाई अध्यायन गर्दा लाग्ने खर्च सरकारले ब्यहोर्ने गरि लागू गर्न बनेको बिशेष छात्रवृत्ति सम्बन्धी कार्यबिधी २०७२ बमोजिम बजेटको सिमा भित्र रहि न्युनतम योग्यताका आधारहरु पूरा गर्ने विद्यार्थी लाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।
आवेदन फारमकोलागी आयोगको वेबसाईट www.ugcnep.edu.np मा गएर २०७८ माघ २५ गते दिनको ५ बजे भित्र बुझाइ सक्नुपर्ने बताएको छ।
