बुधवार, माघ ५ २०७८
धनकुटा - चौबिसे गाउपालिका १,६ नंम्बर बुधवारे स्थित सामुदायिक बिद्यालयमा अध्यायनरत विद्यार्थीलाई न्यानो कपड़ा बितरण गर्ने भएको छ। अभियान नेपाल धरान र चौविसे गाउपालिका को संयुक्त आयोजनामा न्यानो कपडा बितरण गर्न लागिएको हो।
बिद्यालयले एक सूचना जारी हर्दै आज माघ ५ गते स्कुल प्राङ्गणमा हुने न्यानो कपडा बितरण कार्यक्रमको लागि विद्यार्थीलाई बिद्यालयमा बोलाइएको छ।
यद्यपि कोभिड -१९ संक्रमण तिब्र बढिरहेको बेला भिडभाड गर्न नहुने कुरालाइ भने नजर अन्दाज गरिएको छ। झन्डै ३००/४०० विद्यार्थी जनस्वास्थ्य मापदण्ड बिना उपस्थिति गराउनु कतिको उचित होला ? केही अभिभावकहरुले विद्यार्थी डट कम संग कुरा गर्दै भिड नगरायरै कार्यक्रम राख्न पर्ने भन्दै गुनासो पोख्नु भएको छ।
यद्यपि न्यानो कपडा बितरण कार्यक्रम जनस्वास्थ्य मापदण्ड अपनाइ विद्यार्थीहरु को विवरण सहित बितरण गर्दा राम्रो हुने त्यहाँका अभिभावक हरुको बुझाइ छ।
